Saturday, April 18सत्यम खबर
Shadow

गैससकर्मीलाई खोप व्यवस्था गर्न अनुरोध

नेपालगन्ज, १३ श्रावण – कोभिड १९ प्रतिकार्यका लागि अग्रपंतिमा रहेर खटिरहेका गैससकर्मीहरुलाई कोभिड बिरुद्ध खोपको व्यवस्था गर्न गैसस महासंघ नेपाल बाँकेले माग गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध पत्र बुझाउँदै महासंघले खोपको माग गरेको हो ।
कोभिड जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि नागरिक समाजबाट पहल भईरहेको उल्लेख गर्दै महासंघले अग्रपंतिमा रहेर काम गर्ने गैससकर्मीहरुलाई खोपको व्यवस्था गर्न माग गरेको छ ।


महासंघका अध्यक्ष नमस्कार शाहले बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाललाई अनुरोध पत्र बुझाएका थिए । बुझाईएको अनुरोध पत्रमा बाँके जिल्लामा कोभिडको पहिलो कहर देखिनैं कोभिड प्रतिकार्यका लागि बाँके स्थित गैरसरकारी संस्थाहरुले सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै डिसिसिएमसि, विभिन्न अस्पताल, विभिन्न पालिका, आईसोलेसन सेन्टर र स्वास्थ्य संस्थाहरुलाई विभिन्न उपकरण सहित स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको स्मरण गराएको छ ।
अनुरोध पत्रमा लेखिएको छ– सिमित श्रोत, साधनका बावजुत गैससहरुले कोभिड बिरुद्ध बिभिन्न डिसिसिएमसिको निर्णय कार्यान्वयन गर्नुका साथै अग्रपंतिमा रहेर स्वयंसेवा, मनोबिमर्श सेवा, बिरामीहरुलाई सहायता प्रदान गर्ने लगाएतका कार्यहरु गर्दै आएकोमा हाल सम्म गैससका माध्यमबाट प्रन्टलाईनमा रहेर काम गर्ने गैससकर्मीहरुले कोभिड बिरुद्ध खोप प्राप्त गर्न नसकेकोमा गैसस महासंघ नेपाल बाँके शाखा दुःखित छ ।


अनुरोध पत्रको अन्तमा भनिएको छ– फ्रन्टलाईनमा रहेर काम गरिरहेका गैससका प्रतिनिधिहरु कोभिडको उच्च जोखिममा रहेको व्यहोरा अनुरोध गर्दै तत्काल गैसस प्रतिनिधिहरुका लागि खोप प्रदान गर्ने व्यवस्था मिलाई दिनहुन अनुरोध छ ।
अनुरोध पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले गैससकर्मीहरुका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । अनुरोध पत्र हस्तान्तरण कार्यक्रममा गैसस महासंघ नेपाल, बाँकेका सदस्य लोगबहादुर परियार लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *