Friday, November 22सत्यम खबर
Shadow

के बाँकेमा लकडाउन नै एकमात्र विकल्प हाे ?

शुभम शर्मा
नेपालगन्ज, १२ बैशाख – जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार (१३ गते) राती १२ बजेदेखि आगामी बैशाख २० गते राती १२ बजेसम्मका लागि लकडाउनको आदेश जारी गरेको हो । जिल्लाभर लकडाउन जारी गरिएसँगै बाँकेका आठ वटै पालिकामा हिँडडुल, सभा, जुलुश लगायतका गतिविधिमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सुचना जनाईएकाे छ । 

लकडाउनको उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर तीब्ररुपमा फैलिन थालेपछि बाँकेमा बैशाख ९ गतेदेखि १२ गतेसम्म नेपालगन्जमा लकडाउन गरिएको थियो ।

लकडाउनकै अवधिमा पनि तीब्र रुपमा कोरोना संक्रमित बढ्नुका साथै मृत्यु दर समेत बढन थालेपछि भोली साेमबार रातीदेखि लागु हुनेगरी पुनः जिल्लाभर नै लकडाउन गरिएको छ । कोरोना कहरले दिनदिनै रेकर्ड ब्रेक भइरहेको र हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिँदै गएपछि जिल्लाभरी नै लकडाउन गरिएको बाँकेका प्रमूख जिल्ला अधिकारी गेलाले जानकारी दिए ।
 
गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च देखिएसँगै मृत्युदर पनि बढिरहेको बाँकेमा रहेका कोरोना विशेष अस्पतालका सबै वार्डहरु भरिभराउ भएका छन् । बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १ सय ८० जनाको मृत्यु भएको छ । 

हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँकेमा हाल दुई हजार १ सय २८ सक्रिय सङ्क्रमित मध्ये ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ८६ सिकिस्त छन् भने १ सय ९८ को अवस्था सामान्य छ ।

तीमध्ये ८३ महिला र ९८ पुरुष गरी १ सय ८१ जना भेरी अस्पतालको आइसोलेसन, २४ महिला र ३१ पुरुष गरी ५५ जना शिक्षण अस्पताल कोहलपुर, ६ महिला र ३३ पुरुष गरी ३९ जनाको ह्वाइट हाउस आइसोलेसन र ९ पुरुष कोहलपुर नगरपालिकाको आइसोलेसनमा उपचाररत छन् । बाँकेमा एक हजार ९ सय ८० होम आइसोलेसनमा रहेका छन् भने बाहिरी जिल्लाबाट आएका १ सय ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

यता अाम सर्वसाधारणहरूले काेराेना नियन्त्रण गर्न के लकडाउन नै बिकल्प हाे भनी सम्बन्धित पक्षलाई प्रश्न गरेका छन् । दैनिक ज्यालादारी गरि खाने वर्गकाे अवस्था कस्ताे छ भनी स्थानिय प्रशासनलाई जानकारी हुनु पर्न तर्क राखेका छन् ।

दैनिक मजदुरी गरि ८ जनाकाे परिवारकाे जीविकाेपार्जन गर्ने धनीराम यादवले भने विगत जस्तै हामी फेरी भाेकै मर्ने अवस्था नआओस भन्नेतर्फ सम्बन्धित पक्षकाे ध्यान बेलैमा जाओस । स्थानिय सरकारद्वारा १५ किलाे चामलबाट ८ जनाकाे परिवारमा साँझबिहान खान नपुगेकाे विगत सम्झदै उनले हाल पनि त्यसाे गर्नुभन्दा स्थानकाे छनाैट गरि पुर्णरूपमा सिल गरि काेराेना नियन्त्रण तर्फ सम्बन्धित पक्षकाे ध्यान केन्द्रित हाेस ।

के बाँकेमा लकडाउन नै एकमात्र विकल्प हाे ? पहिले लापरवाही गर्ने अनि आम सर्वसाधारण जनतालाई भाेकमरीबाट मार्ने सम्बन्धित निकायकाे याे पहल दैनिक ज्यालादारी गर्नेहरूका लागि दुखदायी भएकाे सुखराम काैलिक बताउँछन् । काैलिकका अनुसार सीमानाका, हवाई यात्रा, लामाेदुरी लगायततर्फ सम्बन्धित पक्षले बेलामा ध्यान दिएकाे भए आज याे दिन आउने थिएन । अहिले पनि समय छ यसतर्फ ध्यान जाओस उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *