Friday, April 25सत्यम खबर
Shadow

नवलपरासीमा भालुको आक्रमणबाट एक महिला घाईते

संजय कुशवाहा
नवलपरासी, १६ जेठ – पश्चिम नवलपरासीमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छिन् ।
घाइते हुनेमा बर्दघाट नगरपालिका वडा नं. २ संसारकोट बस्ने ओम बहादुर खाम्चाको श्रीमति वर्ष २५ की खिममाया खाम्चा घर भन्दा २ किलोमिटर पुर्व जङ्गलमा निउरो टिप्न जाँदा दिउँसो भालुले आक्रमण गरेर घाइते बनाएको हो ।


भालुको आक्रमणबाट घाइते भएकी महिलाको उपचारको लागी चिसापानी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । हाल खाम्चाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *