नेपालगन्ज, १६ माघ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार बर्माले थप नाला, ग्राभेल निर्माण बाटो ग्राभेल कार्यको उद्घाटन गरेका छन् ।
यस आर्थिक वर्षमा मात्र वडा नं. १८ ले उपमहानगरपालिकाको बजेट तथा संघीय, प्रदेश बजेटको व्यवस्थापन गरी ३ करोड बढीको रकमले वडा नं. १८ का विभिन्न स्थानहरुमा बाटो, सडक, नाला निर्माण कार्यको शुभारम्भ गरेका छन् ।
यसैक्रममा बुद्धनगर नागरिक टोलमा मनकुमारी केसीको घरदेखि लोकबहादृुर शाहीको घरसम्म नाला, ग्राभेल निर्माण तथा बाटो ग्राभेल कार्यको उद्घाटन गरेका छन् ।
उक्त कार्यको लागि हिरेन्द्रबहादुर खड्काका अध्यक्षतामा ७ सदस्यीय उपभोग्ता समिति गठन गरी निर्माण कार्यलाई अगाडी बढाईएको छ भने ८० प्रतिशत बजेटको व्यवस्थापन उपमहानगरपालिका वडा नं. १८ ले गरेको छ भने २० प्रतिशत स्थानीय श्रमदानमा सो कार्य सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष खड्काले बताउनुभयो ।