Thursday, November 21सत्यम खबर
Shadow

अस्तित्वसहित अरुसँग सहकार्य गर्न एमाले अध्यक्ष ओलीकाे निर्देशन

काठमाण्डौ, २७ पाैष – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक विचार रहेका राजनीतिक संगठन र संस्थासँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त विर्सन नहुने बताएका छन् । उनले आफ्नो अस्तित्व सहित अरुसँग सहकार्य गर्न र सहभागीता जनाउन निर्देशन दिएका छन् ।

अखिल नेपाल महिला संघको तेस्रो बैठकमा महिला नेताहरुलाई निर्देशन दिँदै अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरुले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिएका हुन् । उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफै विज्ञ हुनुपर्ने बताएका छन् ।

तपाईहरुको क्षेत्रमा आफै विज्ञ हो उनले भने राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञ कसैले पनि तपाईका एजेण्डा बोक्न सक्दैन । अध्यक्ष ओलीले तल्लो स्तरसम्म पार्टीको संगठन विस्तारमा ध्यान दिन पनि निर्देशन दिए । एमाले अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरेक परिवर्तनमा ठुलो योगदान गरेकाे बताए । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय भएको ओलीको भनाइ छ ।

२००४ साल कै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा परेको उहाँले स्मरण गर्दै त्यस अघि पनि १९९७ देखि कै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको बताए ।

नेकपा एमालेलाई सिद्ध्याएर भित्तामा टाँसि दिन्छु भन्ने केही मानिस लागेका बेला पनि पार्टी जोगाउन पहिलो भूमिका महिलाले निर्वाह गरेको उनको भनाई छ । पुरुषहरु अवसरको पछि लाग्दा महिला नेता कार्यकर्तामा राजनीतिक स्पष्टता र आत्मविश्वास देखेर आफु निकै खुसी भएको ओलीले सुनाए ।

अनेमसंघ अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको बैठकमा इन्चार्ज सीता पौडेलले अनेमसंघलाई संगठन विस्तारमा ध्यान दिन निर्देशन दिइन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी जेठ महिना भित्र पार्टीका सबै जिल्लाहरुमा जिल्ला सम्मेलन सम्पन्न गर्ने समय सिमा भएकाले अनेमसंघले केही जिल्लाहरुमा महिला अध्यक्ष बनाउनका लागि दवाव दिनुपर्ने सुझाव दिए । अनेमसंघ निर्णायक मतदाता भएकाले पार्टीलाई प्रभाव पार्न सक्ने उनको भनाई थियो ।

बैठकले आगामी तीन महिना संगठन सुध्रिढीकरण अभियान चलाउने निर्णय गरेको छ । बैठकमा देशभरीवाट अनेमसंघका पदाधिकारी र केन्द्रीय सदस्यहरु सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *