Sunday, April 19सत्यम खबर
Shadow

चीनले नेपालका एमबीबीएसलाई पार्याे विपत्तीमा

काठमाण्डौ, २४ श्रावण –नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीले चिकित्सा शिक्षा आयोग सानोठिमीमा धर्ना दिएका छन् । खासमा चीनमा एमबीबीएस पढेका विद्यार्थीहरुलाई चीनले अहिले फिर्ता नबोलाउँदा उनीहरु तनाबमा परेका हुन् ।

कोरोना महामारीका बेला चीनको वुहान शहरबाट फर्केका नेपाली विद्यार्थीले आज आयोगको कार्यालय अगाडि नाराबाजी गर्दै धर्ना दिएका थिए ।

यसअघि हिजो नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका उनीहरुले कोरोना महामारीले बाध्यात्मक परिस्थित सिर्जना गरेको अवस्थामा नेपालबाटै इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् ।

नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सरोकार पक्षसँग पटक–पटक ध्यानाकार्षण गराएको बताउदै उनीहरुले आफूले अध्ययन गरेका सम्बन्धित विश्वविद्यालयसमेतले आफ्नै देशमा इन्टर्नसिप गर्न भने पनि सरकारले वास्ता नगरेको उनीहरुको भनाइ छ । नेपालपाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *