Wednesday, April 22सत्यम खबर
Shadow

निरौलाको अध्यक्षतामा नेपालगन्ज साइक्लिङ्ग क्लब

खजुरा, ८ मंसिर – नेपालगन्ज साइक्लिङ्ग क्लब बाँकेको तेस्रो अधिवेशन खजुरामा आज बुधबार सम्पन्न भएको छ ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले अधिवेशनको उद्घाटन गर्दै स्वास्थ्य, पर्यावरण र पर्यटनको नारा लिएर कार्य गर्दै आएको नेपालगन्ज साइक्लिङ क्लबको गतिविधि प्रशंसनीय रहेको बताउँदै साइकल अभियानलाई आफ्नो पालिकाबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा खजुरा गाउँपालिका वडा न-४ का अध्यक्ष तिलकविर सुनार, क्लबका संस्थापक उपाध्यक्ष पन्कज श्रेष्ठ, क्लबका संस्थापक सदस्य तथा कृयटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरी, क्लबको अधिवेशन निर्वाचन प्रमुख पुर्ण ढकाल लगायतले अधिवेशनको सफलता शुभकामना दिनुभएको थियो ।

अधिवेशनमा स्वागत मन्तव्य सदस्य सतिश निरौलाले व्यक्त गर्नुभएको थियो भने अध्यक्ष गगनसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र कार्कीले गर्नु भएको थियो ।

तेस्रो अधिवेशन तथा ५ औं साधारण सभामा कोषाध्यक्ष शालिक सुवेदीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र सचिव सुरेन्द्र कार्कीले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन सुझाव सहित साधारण सभाले पास गरेको छ । आगामी २ बर्षे कार्यकालका लागी नेपालगन्ज साइक्लिङ्ग क्लबका संस्थापक सदस्य सतिश निरौलाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

जसमा बरिस्ठ उपाध्यक्ष सुरेन्द्र दिप कार्की, उपाध्यक्ष चन्द्र श्रेष्ठ, सचिव प्रदीप सापकोटा, सहसचिव कविराम बुढाथोकी, कोषाध्यक्ष राजेस गुप्ता निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा प्रेम केसी, कृष्ण खनाल, बाबुराम बिश्वकर्मा, निरज कार्की (अल्भिन), रमेशराज रेग्मी, बिजयन्द्र जिसि, पन्कजमान श्रेष्ठ, शुभकर मल्ल र दिपक मल्ल निर्वाचित हुनु भएको छ ।

अधिवेशनलाई सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने क्लबका निर्वतमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, संस्थापकहरु, प्रमुख निर्वाचन अधिकृत, प्रमुख अतिथि, अथितिहरु र सम्पूर्ण क्लबका सदस्यहरु र साधारण सभाको स्थल उपलब्ध गराउने खजुरा मिनिपार्क तथा रिसोर्टलाई क्लबका अध्यक्ष निराैलाले धन्यबाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *