Tuesday, April 21सत्यम खबर
Shadow

‘एमाले राप्तीसोनारी गाउँपालिकाको प्रथम अधिवेशनमा धाँदली’

नेपालगन्ज, १० कार्तिक – नेकपा एमाले राप्तीसोनारी गाउँपालिकाको प्रथम अधिवेशनमा धाँदली भएको आरोप लागेको छ । अधिवेशनमा एकलौटी रुपमा पदाधिकारी घोषणा गरिएको आरोप लागेको हो ।


गाउँपालिका प्रथम अधिवेशनका लागि मंगलबार ४५ सदस्सीय कमिटीको टुङ्गो लागे पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको टुङ्गो नलाग्दा बुधबार टुङ्गो लगाउने भन्दै बैठक टुङ्गिएको थियो । तर बुधबारको बैठक बस्न नपाउँदै नेकपा एमाले राप्तीसोनारी गाउँपालिकाका पूर्व अध्यक्ष मनोज केसीले सामाजिक सञ्जालमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको सहितको नाम सार्वजनिक गरेको बताइन्छ । केसीले बैठक बस्नु पूर्व तालिका सार्वजनिक गरेपछि राप्तीसोनारी वडा नम्बर २ का वडाअध्यक्ष मदनकुमार ओलीले आपत्ती जनाएका छन् ।


मनोमानी तवरले एकलौटी रुपमा पदाधिकारी घोषण गरिने भए अधिवेशनको कुनै महत्व नरहने भन्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मदनकुमार ओलीले आपत्ति जनाएका हुन् ।
सहमति बेगर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको निर्णय मान्य नहुने भन्दै वडा अध्यक्ष ओलीले यस्तो रवैयाले पार्टीलाई बलियो नभई कमजोर बनाउने भन्दै पार्टी नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *