Monday, April 27सत्यम खबर
Shadow

फाँसी लगाई मृत्यु

जानकी, २३ असाेज – बाँकेकाे जानकी गाउँपालिका वार्ड नं. १ बस्ने बासिर अहमद कबडियाकी १४ वर्षिय छाेरी शकिना कबडियाले फाँसी लगाई मृत्यु भएकाे जनाईएकाे छ ।

शकिनाकी आमा कलिमुन कबडिया केही कामले नेपालगन्ज वडा नं. १४ टंगपसरी गएकाे तथा घरमा अन्य काेहीँ नभएकाे बेला शकिनाले ४:४५ बजेतिर फाँसी लगाएकाे स्थानियहरूकाे भनाई रहेकाे छ ।

घरकाे आर्थिक अवस्था कमजाेर भएकाे हुँदा मृतक शकिनाका बुवा बासिर कबडिया करीब डेढ वर्षदेखि विदेशमा राेजगारी गर्दै आएका छन् भने मृतककाे दिमागी हालत ठीक नभएकाे स्थानियद्वारा जनाईएकाे छ ।

उक्त घटनापछि जिल्ला प्रहरीकाे राेहबरमा ढाेका ताेडी मुचुलका उठाई मृतकलाई पाेष्टमार्टमकाे लागि अस्पताल पठाईकाे छ भने थप अनुसन्धान भईरहेकाे प्रहरीद्वारा जानकारी गराईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *