
– मनोज कुमार कौशल
नेपालगन्ज, ११ असोज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरी गरी रहेको दौडाहामा एउटै बोली बोलेका छन् त्यो बोली हो विकास कार्य देख्न नसक्नेले आफ्नो लोकप्रिय सरकार ढाले । विगत शनिवार दिन काठमाडांैमा विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालयमा आयोजित पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भनेका थिए, आफ्नै पार्टीको सरकार ढालेर शेर बहादुर देउवाको नेतृत्व सरकार बनाउन गएका माधव कुमार नेपालले अपराध गरेका छन् । बोल्ने क्रममा उनले भनेका थिए, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट नभएर प्रतिगामीका पुच्छर हुन् त्यस्तै पुष्प कमल दाहाल प्रचण्डलाई उनी कम्युनिष्ट होइनन् वामपन्थी सरकार ढालेर देशभर कम्युनिष्ट आन्दोलन विरुद्ध अपराध गरेका छन् ।
अहिले भर्खरै बुधवार दिन उनी बर्दियामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, शिक्षा स्वास्थ्य क्षेत्रमा आफ्नो नेतृत्वको सरकारले महत्वपूर्ण कामहरु ग¥यो यो विकास कार्य देख्न नसक्नेहरुले मोर्चाबन्दी गरेर सरकार ढाले यस कार्यक्रममा पनि उनीले भने, एमाले भित्र रहेका केही हरिया …हरुले पार्टी सक्याउन खोजेका छन् । यिनीलाई जनताले सक्याउने छन् । नेकपा एमाले अध्यक्ष ओलीले बिहीवार बाँकेका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै अहिलेको सरकार विकास विरोधी छ र यसको पुच्छर प्रतिगामी शक्तिमध्येका पुष्प कमल दाहाल प्रचण्ड र माधव नेपालले साथ दिएका छन् । उनीले बाँके जिल्लाका सबै नेता कार्यकर्तालाई जुट्न अपील गरे ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमालेको विभाजनको असर न्यूनिकरणका लागि देश दौडाहामा छन् । जहाँ जहाँ उनी पुगेका छन् एमालेको विभाजनको दोष पुष्प कमल दहाल प्रचण्ड र माधव नेपालको शिरमा थोपारी रहेका छन् । बाँके जिल्लामा अहिले नेकपा बीच तछाड मछाड छ । यसमा अहिले पनि माधव नेपाल भन्दा केपी शर्मा ओलीको समर्थनमा धेरै व्यक्ति रहेको देखिन्छन् ।

