Sunday, April 12सत्यम खबर
Shadow

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको नवौ वार्षिक साधारण सभा सम्पन्न

नेपालगन्ज, ४ असोज – सार्वजनिक सवालमा ग्रामिणमुखी अभियान सञ्चालन गर्नुपर्ने सुझाव व्यक्त गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको नवौ वार्षिक साधारण सभाका सहभागिहरुले संस्थाले सञ्चालन गर्ने अभियानलाई गाउ“स्तरसम्म पुर्याउनुपर्ने जोड दिएका थिए ।


कार्यक्रमका सहभागिहरुले संस्थाले प्राय सार्वजनिक सरोकारका सवालको उठान तथा निरन्तर खबरदारीले कार्यान्वयनमा मद्दत पुगेको भन्दै यस्ता अभियान ग्रामिण क्षेत्रमा सञ्चालन गर्नुपर्ने बताएका थिए । उनीहरुले संस्थाले विभिन्न सवाल उठानका लागि सबैको सहकार्यमा नागरिक नेतृत्व लिई सम्वन्धित सरोकारवालाको ध्यानाकषर्ण गराउने गरेको र सूचनाको हकका क्षेत्रमा काम गर्ने संस्थाको रुपमा पहिचान कमाएको बताएका थिए ।


सभामा संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिबेदनमाथी सल्लाह सुझावसँगै समिक्षा गरिएको थियो । सभामा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल बारका पुर्व केन्द्रीय उपाध्यक्ष प्रहलादबहादुर कार्की, गैरसरकारी संस्था महासंघ बाँकेका सदस्य सुर्यलाल यादव, अवधी सांस्कृतिक प्रतिष्ठान नेपालगन्जका अध्यक्ष विष्णुलाल कुमाल, सिख्ख समुदायका अगुवा मधईसिंह सिख्ख लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।


यसैगरी संस्थाको बन्द सत्रले सभामा प्रस्तुत भएको प्रगति तथा आर्थिक प्रतिबेदनलाई अनुमोदन गरेको छ । यसैगरी सभामा संस्थाले निर्माण गरेको ५ वटा नयाँ निति निर्देशिका र आगामी पाँच वर्षे रणनितिक कार्ययोजना निर्माण गर्नेलाई समेत अनुमोदन गरेको छ । बन्द सत्रले संस्थाले सञ्चालन गरेको कार्यक्रमको समिक्षा, चुनौती र समस्याको व्यवस्थापन र आगामी वर्षको रणनिती निर्माण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *