
नेपालगन्ज, ३१ भाद्र – नेपालको रेल पनि सीधै भारतको कोलकाता सम्म जाने भएको छ । भारतको सहमतिमा अब समान ओसारपसार गर्न दुबै तर्फका रेल सेवा शुरु भएको हो ।
३० गते भदौ २०७८ बुधबार । भारतमा पनि नेपाली रेल चल्ने भारतको सहमति पछि सहज भएको छ । वीरगन्ज महानगरपालिका– २५ स्थित सुक्खा बन्दरगाहमा पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार आइपुगेको छ। बुधबार बिहान १० बजे हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। उनका अनुसार हल्दिया पोर्टबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल सुक्खा बन्दरगाह आइपुगेको छ।
नेपालको रेल पनि सीधै कोलकाताको हल्दिया पोर्टसम्म जान सक्ने र नेपाली रेलले नै सामान बोकेर सीधै नेपाल आउन सक्ने उनले बताए। ०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपालमा सेवा दिँदै आएको थियो। रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देशबीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो । नयाँपत्रीका

