Friday, November 22सत्यम खबर
Shadow

एफएनजेको सदस्यता नविकरण गर्न श्रावण मसान्तसम्म अनिवार्य

नेपालगन्ज, २१ श्रावण– ठाकुरसिंह थारुको अध्यक्षतामा नेपाल पत्रकार महासंघ बाँके शाखाको नियमित बैठक सम्पन्न गरी विभिन्न निर्णयहरु गरिएको छ ।
बुधबार सम्पन्न बहुमत बैठकबाट गरिएको निर्णयहरुमा नेपाल पत्रकार महासंघ बाँके शाखामा पर्न आएका नयाँ सदस्यताको आबेदन उपर छानबिन गर्नका लागी शाखा सचिव तिलक गाउँलेको संयोजकत्वमा रहेको सदस्यता छानबिनि समितिलाई जिम्मा दिने, समितिले पर्न आएका आबेदनमाथी छानबिनि गरि २ दिन भित्र कार्यसमितिमा नयाँ सदस्यताको नामावली पेश गर्ने साथै नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ को निर्णय र निर्देशन बमोजिम बाँके शाखामा रहेका सम्पुर्ण सदस्यहज्युहरुलाई श्रावण मसान्तसम्म अनिवार्य रुपमा सदस्यता नविकरणका लागि आब्हान गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकबाट नेपाल पत्रकार महासंघ बाँके शाखाका सहसचिव काशीराम शर्माले पत्रकार आचार सहिंता बिपरित काम गरेको बिषयमा शाखामा पटक–पटक लिखित उजुरी आउने गरेको, महासंघको गरिमामा आँच पुग्ने गरी पटक–पटक मानमर्दन गर्ने काम गरेको, महासंघको नियमित बैठकमा उपस्थित नहुने तर सामाजिक सञ्जालमा महासंघ र महासंघका पदाधिकारीहरुलाई विभिन्न लान्छना लगाउँदै आएकाले मिति २०७५ चैत्र ४ गतेको शाखाको बैठकले आन्तरिक छानबिन समिति गठन गरि सो समितिले २४ घण्टे स्पष्टिकरण पेश गर्नु भनि दिएको निर्देशनको अटेर गर्दै आएको साथै २०७५ चैत्र महिनादेखी हालसम्म शाखाको कुनै पनि बैठकमा उपस्थित नहुने, साथै शाखाले दिएका जिम्मेवारी पुरा नगरेकाले नेपाल पत्रकार महासंघको बिधान अनुसार २०७७ श्रावण २१ गते बसेको कार्यसमिति बैठकले निज काशीराम शर्मालाई साधारण सदस्य समेत नरहने गरि सदस्यता निलम्बनका लागी नेपाल पत्रकार महासंघ प्रदेश नंं. ५ र नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयमा सिफरिस गर्ने निर्णय गरेको शाखा सचिव तिलक गाउ“द्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *