Monday, April 13सत्यम खबर
Shadow

आजदेखि खजुरा मार्ट सञ्चालनमा

नेपालगन्ज, ५ भाद्र – बाँकेको खजुरामा पहिलो मार्ट खुलेको छ । ५० लाख बढी लागतमा सञ्चालनमा आएको खजुरा मार्टको शनिबार घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष पूर्णबहादुर भण्डारी र लायन्स क्लव अफ खजुराका अध्यक्ष विज्ञान कक्षपतिले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् ।

खजुरा मार्टमा दैनिक उपभोग्य र घरायसी प्रयोगका सामान सुपथ मूल्यमा उपलब्ध गराइने सञ्चालकहरुले जानकारी दिएका छन् । लक्ष्मी गौतम, राजु पौडेल, विष्णु पौडेल, अरुण सुवेदी सञ्चालक रहेको उक्त मार्टले खजुरा क्षेत्रका ग्राहकको सुविधालाई मध्येनजर गर्दै खजुरामा पहिलो मार्ट सञ्चालनमा ल्याएको जनाएका छन् ।

एकै ठाउँमा धेरै किसिमका बस्तुहरुको उपलब्ध गराउनुका साथै उपभोक्तालाई सुपथ मूल्यमा बस्तुको आफ्नै ठाउँमा उपलब्ध गराएर सुविधा प्रदान गर्ने उद्देश्यका साथ मार्ट सञ्चालनमा ल्याइएको सञ्चालक राजु पौडेलले जानकारी दिए । खजुरा क्षेत्रका साथै छिमेकी जिल्ला बर्दियाका उपभोक्ताहरुलाई मार्टले लक्षित गरेको छ ।

मार्ट उद्घाटनपछि संक्षिप्त प्रतिक्रिया दिँदै खजुरा उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका विज्ञान कक्षपतिले मार्टले खजुरा क्षेत्रका उपभोक्ताहरुको माग र चाहना परिपूर्ति गर्नुका साथै खजुराको व्यापार व्यवसायमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *