Friday, April 17सत्यम खबर
Shadow

स्वास्थ्य सेवा प्रभावकारी बनाइने

नेपालगन्ज, ३१ श्रावण – नेपालगन्ज उप–महानगरपालिकाले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने भएको छ ।
आव २०७७÷०७८ को जन स्वास्थ्य क्रियाकलापहरुको पालिका स्तरीय बार्षिक समीक्षाकापछि प्राप्त सुझावहरुका आधारमा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधा थप प्रभावकारी बनाइने नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
दिगो विकासको लक्ष्य पुरा गर्नका लागि सबैभन्दा पछाडी परेका क्षेत्र प्राथमिकतामा दिइने भन्दै उहाँले स्वास्थ्य सेवा चुस्त, दुरुस्तसँगै तत्काल उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुको गत आवमा भएगरेका कामको समीक्षाका आधारमा चालु आवमा प्रभावकारी काम गरिने भन्दै राम्रो काम गर्ने स्वास्थ्य संस्थालाई पुरस्कृत गरिने नीति लिन लागिएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले नेपालगन्जले प्राप्त गर्ने सफलता र असफलतामा सिंगो जिल्ला जोडिने भन्दै सबै अभियान र कार्यक्रम प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
मंगलबारसम्म चल्ने तालिममा वडा अध्यक्ष, कार्यपालिका सदस्य स्वास्थ्य संस्थाका इन्चार्ज लगायतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *