Monday, April 20सत्यम खबर
Shadow

जन्मदिनमा असल काम, कार्कीले गरे पुरस्कार घोषणा

नेपालगन्ज, २७ श्रावण – असल शासन मिडियाका प्रबन्ध निर्देशक किरण कार्कीले आफ्नो जन्मदिनमा असल शासन
किरण प्रतिभा पुरस्कार स्थापना गरेका छन् ।

हरेक बर्ष साउन २६ गते बाँकेलाई कर्मथलो बनाई कार्यरत एक जना पत्रकार, साहित्यकार, लेखकलाई ११ हजार १ सय ११ नगद राशीसहित असल शासन किरण प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।

उक्त पुरस्कारको व्यवस्थापन असल शासन मिडियाले गर्नेछ । पुरस्कारका स्थापनाका लागि कार्कीले १ लाख ५० हजारको पुरस्कार कोष स्थापना गरेका हुन् । पुरस्कार स्थापना घोषणा कार्यक्रममा प्रबन्ध निर्देशक कार्कीले १ लाख ५० हजारको चेक असल शासन मिडियालाई उपलब्ध गराएका छन् । प्रबन्ध निर्देशक कार्कीले असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहलाई सो चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै आशिर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष समेत रहेका उद्यमी कार्कीले आफ्नो जन्मदिनमा असल कार्य गर्ने प्रतिभालाई सम्मान गर्नका लागि पुरस्कार स्थापना गरेको बताए । असल शासन मिडियाका प्रबन्ध निर्देशक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा मिडियाकी निर्देशक दिला शाहले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

कार्यक्रममा बोल्दै असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहले मिडिया सञ्चारको बिकाससँगै सामाजिक कार्य गर्न अग्रसर भएको उल्लेख गर्दै मिडियाको संयोजनमा पुरस्कार स्थापना गरिएको बताए । कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, गैसस महासंघ नेपाल बाँकेका सचिव आशिष बर्मा, बासका उपाध्यक्ष लुना बुढाथोकी, जनसम्पर्क बिभाग प्रमुख कमल शाही, निर्देशक हेमराज भट्ट लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।
बालगृहलाई सहयोग : यसैगरी प्रबन्ध निर्देशक किरण कार्कीले समनज बिकास तथा प्रबद्र्धन केन्द्र नेपालगन्ज नामक बालगृहलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन् । कार्कीले १६ हजार १ सय ८५ बराबरको चामल १ सय किलो, आलु २५ किलो, तेल ५ लिटर, नुन १० किलो, दाल १० किलो र टिसर्ट २० थान बालगृहलाई सहयोग प्रदान
गरेका छन् ।

कार्कीले समाज बिकास तथा प्रबद्र्धन केन्द्र नेपालगञ्जका सदस्य पारश बिक्रम अर्याललाई सो सामाग्री सहयोग गरेका हुन् । सहयोग प्राप्त गरेपछि अर्यालले कार्कीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *