Tuesday, April 21सत्यम खबर
Shadow

नेकपा एमाले स्वास्थ्य विभागले स्वास्थ्य जाँच गर्ने

नेपालगन्ज, २३ श्रावण – नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेले स्वास्थ्य जाँच गराउनको निम्ति हेल्थ डेस्क राख्ने भएको छ ।

नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग इन्चार्ज अछरी पोखरेलको अध्यक्षतामा बसेको स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेको बैठकले श्रावण ३० गते नेकपा एमाले बाँकेले भवानीपुरमा आयोजना गरेको जिल्ला कमिटिको बैठकमा सहभागीहरुको निम्ति सुगर जाँच, व्लड प्रेसर जाँच लगायतका जाँच निःशुल्क गर्ने निर्णय गरेको स्वास्थ्य विभाग इन्चार्ज पोखरेलले जानकारी गराउनुभयो ।

यसैगरी बैठकले महिलाहरुको महाड चाड हरितालिका तिजको अवसरमा महिलाहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गर्ने पनि निर्णय गरेको छ । यसैगरी बैठकले आगामी श्रावण ३० गते विभागमा रहेका जिल्ला कमिटिका सदस्यहरुलाई जिल्ला कमिटिको मिटिङमा अनिवार्य उपस्थिति हुन पनि निर्देशन गरेको छ ।

यसैगरी बैठकले यस अघि विभागमा सचिव रहेर लामो समय काम गर्नु भएका रामबहादुर चन्द्रलाई सल्लाहकार समितिको संयोजकमा चयन गरेको छ । जसमार्फत एक हप्तामा मेडिकल डाक्टर एसोसियट गठन गर्ने, स्वास्थ्य क्षेत्रका अगुवाहरलाई समेटेर भेला तथा प्रशिक्षण गर्ने पनि निर्णय गरेको सचिव सुमन गीरीले जानकारी दिइन् ।

स्वास्थ्य तथा जनसंख्या विभागको कमिटि यस प्रकार रहेको छ । जसमा इन्चार्ज अछरी पोखरेल, सह इन्चार्ज अनिता थापा, सचिव सुमन गिरी, सदस्यहरुमा खड्गबहादुर रोका, मनकुमारी सिलवाल, प्रचण्ड गौतम, भरत गुराथोकी, सुनिता आचार्य, सल्लाहकार संयोजक रामबहादुर चन्द लगायतका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *