Saturday, November 23सत्यम खबर
Shadow

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

कृष्णनगर, ९ अषाढ – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका ८२ जना स्वास्थ्य स्वयंसेविकालाई मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको छ ।

कृष्णनगर नगरपालिकामा ११५ स्वास्थ्य स्वयंसेविका रहेको जस्मा ८२ जनालाई वितरण गरिएको र छुटेकालाई आगामी बर्षमा निरन्तरता दिने कुरा कृष्णनगर नगरपालिकाले जनाएको छ । साइकल वितरण कार्यक्रमको बजेट आठ लाख रहेको थियो ।

कृष्णनगर नगरपालिका रहेको पुरानो भवनमा साइकल वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश भौतिक योजना तथा पूर्वाधार मंत्री सन्तोषकुमार पाण्डेयले स्वयंसेविकालाई साइकल हस्तांतरण गरि कार्यक्रमको शुभारंभ गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रजतप्रताप शाहले गाउँमा स्वास्थ्य स्वयंसेविकालाई सेवा दिन सजिलो हुने उद्देश्यका साथ साइकल वितरण गरिएको बताए ।

कार्यक्रममा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार कार्की, स्वास्थ्य शाखा संयोजक शंकर भट्टराई, मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिश समिति सदस्य के के गुप्ता, सीता डांगी, समाजसेवी शैलेशप्रताप शाह, कार्यक्रम सहजकर्ता विजय साप्कोटा, कृष्णनगर नगरपालिकाका वडाध्यक्षहरु लगायत अन्यको उपस्थित रहेको थियो ।

साइकल वितरण पछि स्वास्थ्य स्वयंसेविकाहरु गाँउ-गाँउमा सेवा दिन सहज हुने विस्वास व्यक्त गरिन । कार्यक्रम सञ्चालन ईश्वरीप्रसाद पौडेलले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *