Monday, May 4सत्यम खबर
Shadow

बाढी डुबानका लागि पूर्व तयारी गर्दै खजुरा

खजुरा, १ अषाढ – खजुरा गाउँपालिका विपत्ति व्यवस्थापन समितिले बाढी र डुबान लक्षित पूर्व तयारी थालेको छ ।
किरण, पेडारी, जेठीनाला, र मानखोलाबाट विभिन्न वडामा हुने सक्ने क्षती र प्रभाव बारे अनुमान गर्दै पूर्व तयारी थालेको हो । सूचना प्रणालीको विकास, सरोकारवालाको समन्वयबाट तत्काल उद्दार, राहत, खाना, बस्न र औसधि उपचार लगायतका व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
विपत व्यवस्थापन समितिका संयोजक तथा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा मंगलबार समितिको वैठक बसेर सम्बद्ध सदस्यहरुबाट सुझाव लिएको छ ।


खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्यहरु, योगमाया खनाल, फत्तेकुमारी जैसी, सीता गुरुङ, झुमा योगी, निशार अलि दर्जी, भागीरथ सुनार, खजुरा गाउँपालिका योजना अधिकृत दिल बहादुर पौडेल, खजुरा रेडक्रस अध्यक्ष जीवनाथ सापकोटा, इलाका प्रहरी धनौलीका प्रहरी नायब निरीक्षक पुस्करराज जोशी, गैसस प्रतिनिधि शोभना मिश्र, नेकपा एमालेका झगबहादुर पौडेल, नेपाली काँग्रेसका भीमबहादुर विशवकर्मा, माओवादी केन्द्रका राजकुमार बिक, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले विपतमा सबै एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए ।
उनीहरूले दिएको सुझावको आधारमा व्यवस्थापनमा लाग्ने भन्दै खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले वडास्तरका विपत व्यवस्थापन समितिका साथै सबै सरोकारवाला सक्रियताका साथ लाग्नु पर्नेहरूमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *