
नेपालगन्ज, १२ चैत – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ बसुदेवपुरमा ३ दिने लैङ्गिक हिंसा निवारणमा पुरुष सहभागिता प्रवद्र्घनका लागि सशक्तिकरण सहकार्य विषयक ३ दिने बुधवार सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा नेपालगन्जको आयोजनामा पहिलो पटक नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ बसुदेवपुरमा ३ दिने लैङ्गिक हिंसा निवारणमा पुरुष सहभागिता प्रवद्र्घनका लागि सशक्तिकरण सहकार्य विषयक ३ दिने तालिम चैत्र ११ गते बुद्धवार सम्पन्न भएको छ ।
सो तीन दिने तालिममा पहिलो पटक नेपालगन्ज उपमहानगरपालिका वाडं नं.–१९ बसुदेवपुरको वडा कार्यालयको सभा हलमा गरिएको छ । तीन दिने तालिममा बसुदेवपुरको सुर्जीगाउँ, कटिलिया, आलानगर, फुटहा लगायतका गाउँबाट श्रीमान् श्रीमती, श्रीमान् नभएकाले आफ्ना छोराका साथमा सो तालिममा सहभागी भएका थिए ।
पुरुष तर्पm दल बहादुर केसी, राम प्रसाद घिमिरे, जगतराम गुप्ता, गुरुदीन कुर्मी, देवी सिंह कार्की, बफाती बेहना, बिक्रम साहु, शिवम्, सकीर खाँ, नन्नकौ खाँ, दिनेश बुढामगर, सुन्दर वर्मा, गंगाराम काँदु, देवेश शाही, पवन जायसवाल र यसरी महिला तर्फ रेशमा केसी, माइली बुढामगर, करा देवी गुप्ता, तारावती कुर्मी, कृष्ण कला कार्की, सकारा मन्सुरी बेहना, किरन देवी जायसवाल, चम्फा साहु, लिलावती बढही, खैरुल निसा खाँ, जुवेरा खाँ, नर्मदा बुढामगर, सोविता वर्मा, ईन्दरपरा काँदु, निशा शाही लगायत महिला पुरुष गरी ३० जनाको तालिममा सहभागिता रहेको थियो ।
सो तीन दिने तालिममा लैङ्गिक हिंसा, बाल बिवाह, बहुुविवाह, घरेलु हिंसा, खानपीन सम्बन्धि जानकारी, गर्भपतन, बलात्कार गर्भावस्थामा खुवाइने खानेकुरा, बच्चाहरुलाई खुवाईने पोषणयुक्त खानेकुरा लगायतका बारेमा बारेमा जानकारी गराइएको थियो तालिममा लैङ्गिक हिंसा निवारणमा पुरुष सहभागिता प्रवद्र्घनका लागि सशक्तिकरण सहकार्य विषयक तालिममा नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तथा महिला विकास अधिकृत शोभा शाह, महिला विकास अधिकृत मन्जु पाण्डे र महिला विकास निरीक्षक तारा सिंह, महिला विकास निरीक्षक आशा शाही, स्वास्थ्य चौकी बसुदेवपुर की जन स्वास्थ्य निरीक्षक मोहन लक्ष्मी शाह लगायतले तालिममा सहजीकरण गर्नु भएको थियो ।
समापन कार्यक्रममा वडा नं.–१९का वडा सचिव तेजेन्द्र रोकायाले तीन दिने तालिममा आफ्ना आमूल्य समय दिई सहभागी भएर सिकनु भएका कुराहरु आजै देखि गएर व्यवहार उतार्नु हुन अनुरोध गर्नु भएको थियो यसरी वडा सदस्य बफाती बेहना, लिलावती ओली लगायतले सान्र्दभिक विचार राख्नु भएको थियो ।


