Sunday, April 26सत्यम खबर
Shadow

५ नं. वडा कार्यालयको भवन निर्माण शुरु

डुडुवा, ४ चैत – बाँकेको डुडुवा गाँउपालिका ५ नं वडा कार्यालयको प्रशासनिक भवनको निर्माण कार्य शुरु भएको छ । नानापुरस्थित निर्माण थालिएको भवन गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी र वडाध्यक्ष प्रशुराम बुढाथोकीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
भवनको शिलान्यास गर्दै गाँउपालिका अध्यक्ष चौधरीले वडा कार्यालयको आफ्नै भवन नभएकाले दैनिक कार्य सञ्चालन गर्नमा समस्या भएपछि भवन बनाउन लागेको बताउनुभयो । उहाँले कार्यालयको भवनको सुविधा भएपछि सेवाग्राहीलाई सेवा प्रवाहमा सहजतासँगै गुणस्तरियता बढ्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष चौधरीले भौतिक पूर्वाधारसहित सडक, शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायत क्षेत्रको विकास एवम् विस्तार गरी पालिकालाई नमूनाका रुपमा बनाउन गाउँपालिका लागि परेको बताउनुभयो ।


करिब तीन कठठा जग्गाको क्षेत्रफलमा निर्माण हुन लागेको ५ कोठे भवनको निशान निर्माण सेवा मुगुले ठेक्का लिएको गाउँपालिका योजना शाखा प्रमुख अधिकृत ओमबहादुर राना क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले एक वर्षभित्र भवन निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने सम्झौता भएको छ । रु ८१ लाख ३३ हजारको लागतमा भवन निर्माण हुने गाउँपालिकाले जनाएको छ ।


वडा कार्यलयको अहिले आफ्नै भवन नभएपछि नानापुरस्थित एक सामुदायिक विद्यालयको भवनबाट सेवा प्रवाह गर्दै आएको वडाध्यक्ष प्रशुराम बुढाथोकीले बताउनुभयो । ६ वटा वडा कार्यालय रहेको गाउँपालिका ५ वडा बाहेक सबै वडा कार्यालयको भवन रहेको छ । अहिले गाउँपालिकाको पनि भवन निर्माणको कार्य तिब्र रुपमा अघि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *