Saturday, November 23सत्यम खबर
Shadow

राप्तीपारी बिद्युतिकरणको ठेक्का बदर गर्न सांसद अथकको माग


नेपालगन्ज, १५ फागुन । बाके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले राप्तीसोनारि र नरैनापुरको बिद्धुतिकरणका लागि ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न माग गर्नु भएको छ । उहाँले बुधवार संसदको सुन्य समयमा बोल्दै उक्त माग गर्नुभएको हो।
सुन्य समयमा बोल्दै साँसद अथकले २०६६ सालमै ग्रामिण बिद्धुतिकरणको ठेक्का पाएको श्रीम् उष्मा गौरी पार्बती जे भी ले ८६ लाख रुपैया मोबिलाइजेशन चार्ज भनेर लगि सकेको र हाल सम्म पनि काम नगरेको जानकारी गराउनु भयो । उहाँले संसदमा सम्बन्धित सबै सरोकारवालाको ध्यान आकर्षित गराउदै ठेकेदारले १८ महिनामा काम सम्पन्न गर्ने भनि सम्झौता गरेको र बर्षौ बित्दा पनि काम गर्न नसकेकोले यथा सिघ्र ठेक्का बदर गर्नुपर्ने माग जायज भएको बताउनु भयो ।


३३ के भी प्रशारण लाइनको काम सम्पन्न भइसक्दा पनि बाकी काम नगरिदिदा योजना अलपत्र पारेको उहाँले बताउनु भयो । सासँद अथकले राप्तीपारीको बिद्धुतीकरणका लागी कुनै बाधा अवरोध नभएपनि काम नगर्ने ठेकेदारलाइ बिद्धुत प्राधिकरण ठेक्का रद्द गर्न नसकेकोमा दुख ब्यक्त गर्दै यथा सीघ्र ठेक्का रद्द गरि नयाँ प्रकिया बाट जान माग गर्नु भएको छ ।
बर्षौदेखि बिद्युतको प्रतिक्षामा रहेका राप्तीपारीका हजारौं जनता ठेकेदारको पटक पटकको लापरवाही र बेवास्ताले गर्दा बिद्युतबाट बन्चित रहँदै आएका छन् । ठेकेदार र सरकारी निकायकै मिलेमतोका कारण जनता र देश दुबैलाई लामो समयदेखि घाटा हुँदै आएको छ ।
बिद्युतीकरणको काम सम्पन्न गर्न सो क्षेत्रका जनताले पटक पटक आन्दोलन गर्दा समेत सुनुवाई नभएको गुनासो स्थानीय वासिन्दाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *