
– बिद्रोही
नेपालगन्ज, २२ फागुन – देशका माक्र्सवादी र पूँजीवादी विचारधारा बोकेका राजनीतिकि दल असफल भईसकेका छन् । उक्त कुरा सचेत नेपाली पार्टीका राष्ट्रिय अध्यक्ष पुन्यप्रसाद प्रसाईले भन्नुभएको छ ।
शनिबार नेपालगन्जको त्रिभुवन चौकमा सचेत नेपाली पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेता प्रसाईले भने– ‘अहिलेको सरकार विदेशीको हितमा कार्य गरिरहेको छ, यो सरकार विदेशीको ईसारामा काम गर्छ, मेलम्ची खानेपानीमा भ्रष्टाचार गरी अहिलेका नेताहरुले आफ्नो ठ्रूलो–ठूलो भवन थपे तर जनताको घरसम्म पानी पुग्न सकेन, देशका जनतालाई गाँस, बास, कपासको आवश्यकता छ, तर देशका युवा शक्ति रोजगार खोज्दै विदेशिएका छन् ।’
अगाडि थप्दै भन्नुभयो– ‘शिक्षा, स्वास्थ्य, रोजगार यो सरकारले दिन सकेको छैन । सुरक्षाको अवस्था भताभुङ्ग छ, यसकारण अब सचेत नेपाली पार्टी देशको अवस्था सुधार्न अगाडी बडेको छ, हामी देशको जनतालाई समान शिक्षा, स्वास्थ्य र गाँस, बास, कपासको व्यवस्था दिने कार्य गर्छौ,’ नेता प्रसाईले भने– ‘माधव नेपाल, पुष्पकमल दहाल, केपी ओली, शेरबहादुर देउवा यी सबै देश बेचुवा हुन, यिनीबाट देशको हित हुन सक्दैन, मात्रभूमिको दोहन र नेपाली भूमि बेच्नेहरुले देशको विकास गर्न सक्दैनन् । २००७ सालदेखि अहिलेसम्म कसैले केही गरेर देखाउन सकेनन् । सिक्टा कहाँ गयो बताउनुस् प्रतिप्रश्न गर्दै उनले भ्रष्टाचार, गरीब विदेशमा पुगी नेता आफ्नो उपचार गराउँछन् । तर नेपाली जनता त्यस्तो सुख, सुविधा पाउन सकेका छैनन ।’
उनले भने– ‘कम्यूनिष्ट देशका गद्दार हुन, पञ्चायती मण्डले पनि देशका गद्दार थिए । ७० वर्षमा यिनले काम गर्न सकेनन्, अब त्यही काम हामी ७ वर्ष भित्र पुरा गरेर देखाउने छौं ।’ देश ग्रेटर नेपाल बन्छ, यो देश ७ वर्ष भित्रै विकसित बन्छ, विचार राख्दै उनले भने– ‘दक्षिण अफ्रिकामा नेल्सन मण्डेला जस्तो व्यक्ति, अमेरिका जर्ज वांशिगटन र भारतमा गांधी जस्तो व्यक्ति पैदा नहुन्थे भने सो देशले विकास गर्न सक्दैन थियो । हाम्रो देशमा पृथ्वीनारायण शाह, भक्ती थापा, अमरसिंह थापा, भिमसेन थापा, बिरबलभद्र कुँवर जस्ता व्यक्तित्व पैदा नहुन्थे भने हाम्रो देश नेपाल बन्ने थिए । अब हामी यो देशलाई बनाउँछौं । गद्दार नेता अब सिंह दरबार छोडेर भाग्ने छन् भने ।
सचेत नेपाली पार्टीका नेता गजेन्द्र चौधरीले चैत १ गते दमकमा आफ्नो पार्टीले ठूलो जनसभा गर्ने जानकारी गराउँदै उनले भने– ‘देश सचेत नेपाली पार्टी ५५–५६ वटा जिल्लासम्म पुगिसकेको छ । विभिन्न प्रदेशमा पनि आफ्नो पार्टीले विस्तार गरिसकेको छ । अगामी दिनमा हुने निर्वाचनमा आफ्नो पार्टी गोल हानेर विजयी हुने दाबी गर्दै उनले भने यो सरकार एमसिसि ल्याउने पक्षमा छ, एमसिसि यहाँ ल्याएर सरकार आफ्नो गोजी भर्न खोजेको आरोप लगाउँदै उनले भने– यस्तो कार्यको विरुद्ध हामी हतियारले होईन, वैचारिक, सैद्धान्तिक लडाई लडेर जित्ने छौं ।’
नेता देवराज लामाले सचेत नेपाली पार्टी राष्ट्रघाती, देश बेचुवाहरुलाई सजाय दिलाउन निर्माण भएको बताउनुभयो ।
यसैगरी नेता रामकृष्ण आचार्यले हाम्रो छिमेकी देशले नेपाली भूभाग मिच्दै गईरहेको तर सरकार यसमा मौन भएर बसेको आरोप लगाउनुभयो ।
कार्यक्रम प्रदेश नं. ५ का पार्टी प्रवक्ता दिपक शाहीको अध्यक्षतामा भएको थियो भने सञ्चालन ओमप्रकाश खरेलले गरेका थिए ।


