Sunday, April 26सत्यम खबर
Shadow

६ महिलासहित ३५ जनाले गरे रक्तदान

नेपालगन्ज, १८ फागुन – जनमत अद्र्ध साप्ताहिकले ग्लोबल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपालगन्जसँगको सहकार्यमा आज मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिलासहित ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गर्नु भएको छ ।


जनमत सम्पादक पूर्णलाल चुके र ग्लोबल बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख गणेशबहादुर शाहीले प्राविधिक होमराज गिरिलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।
जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम” को ४८ औं श्रृङ्खलामा रक्तदान गर्ने महिला रक्तदाताहरुमा शिक्षिका श्वेता बज्राचार्य, समाजसेवी दिला शाह, कृष्णा बडु, कृष्णा खत्री मनिषा घर्ती र शोभा सिंह ठकुरी हुनुहुन्छ ।


त्यसैगरी नियमित रक्तदाता नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, नियमित रक्तदाता पत्रकारहरु खम्बबहादुर पुन, दुर्गा रोकाय, राकेशकुमार मिश्र, शम्भुप्रसाद थारु, नियमित रक्तदाता नीरजमान श्रेष्ठ, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, मेघराज जि.एम., होमराज गिरी, शेरबहादुर बोहोरा लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रम संयोजक पवन जायसवालका अनुसार रक्तदान गर्ने अन्य रक्तदाताहरुमा मनमोहन वर्मा, गौतमप्रसाद पौडेल, दिपक गुप्ता, रमेशकुमार बर्मा, राजितराम अहिर, मानबहादुर चौधरी, विष्णु केसी, पवनकुमार वैश्य, विनोदकुमार वैश्य, जगतबहादुर वर्मा, पप्पुकुमार जायसवाल, जागेश्वरसिंह थारु, प्रतिक सापकोटा, लक्ष्मणकुमार वैश्य, मेघराज जिएम, राजु चिडिमार, सन्तोष चौधरी, वीरबहादुर विक, चन्द्रबहादुर ओली, बाबुदीन खान, वीरेन्द्रप्रसाद गौतम लगायत रहेका छन् ।


सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोमप्रसाद सापकोटा, होमराज गिरि, केशर सिंह डाँगीले प्राविधिक टोली र आकाश जयसवालले सहयोग गर्नु भएको थियो भने रक्तदाताहरुलाई टिसर्ट वितरण गरिएको थियो ।
२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ४८ औं श्रृङ्खलासम्म करीब २ हजार ८ सय भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।
कतिपय हाम्रा नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप, रजश्वला, कोभिडको खोप लगाएको र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक जयसवालले बताउनुभयो ।


ग्लोबल बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख गणेशबहादुर शाहीले रक्तदान जस्तो मानव कल्याणकारी कार्यलाई सामाजिक उत्तरदायित्वको रुपमा अङ्गीकार गरेर सहकार्य गरेको बताउनुभयो ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुन सक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरी रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *