Sunday, April 26सत्यम खबर
Shadow

ग्रामिण भेगका व्यवसायीहरुका समस्या समाधान गर्दछौं : लोकतन्त्रिक समूह

कोहलपुर, १७ फागुन – कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस समर्थक लोकतान्त्रिक समावेशी व्यवसायी समूहले आफ्नो निर्वाचन अभियानलाई तिव्रता दिएको छ ।
उक्त समूहले सोमबार कोहलपुर नगरपालिका वडा नं. १२ को चप्परगौडी, रोहिणीखोला, वडा नं. १३ को खड्कवार क्षेत्रको व्यवसायीहरुसँगको भेटघाटमा ग्रामीण भेगका व्यवसायीहरुको समस्याहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएको छ । लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट संघको अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले ग्रामिण क्षेत्रका व्यापार व्यवसायी गर्दा आईपर्ने समस्याहरुलाई समाधान गर्नका लागि विशेष नीति लिई आफ्नो कार्यकालमा काम गर्ने प्रतिबद्धता समेत व्यक्ति गरेका छन् ।


व्यवसायीहरुसँगको भेटघाटका अवसरमा कोहलपुर १२ स्थित रोहिणी खोलाका व्यवसायीहरुले जडान गरेको सडक व्यक्तिको व्यवस्थापनका लागि पहल गर्नुपर्ने माग राखेका थिए । उनीहरुले व्यवसायिक सुरक्षाका लागि सडक बत्ती स्थानिय व्यापारीहरुले नै गरेको बताउँदै सडक बत्तीको उचित व्यवस्थापन हुन नसकेको जानकारी गराएका थिए भने सो क्षेत्रको सडक बत्तीको व्यवस्थापनका लागि आफुहरुले सहजीकरण गरी सडक बत्तीमा देखिएको समस्यालाई सम्बन्धित निकायसँग सहकार्य गरी समाधान गर्ने वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रदिप भट्टराईले प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।


लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट महासचिव पदका उम्मेद्वार मात्रिका सापकोटाले साना तथा ठुला व्यवसायीहरुका लागि विभिन्न कार्य योजनासहित काम गर्ने भएकाले आफ्नो टिमलाई मतदान गरी बिजय गराउन आग्रह गरेका छन् । लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट कोषाध्यक्ष पदकी उम्मेद्वार सिता कार्कीले कोहलपुर उद्योग वाणिज्य संघको आर्थिक पारर्दिता कायम गर्न र व्यवसायीहरुलाई आवश्यक पर्ने विभिन्न तालिमहरुको आयोजना गरी व्यापार व्यवसायी गर्न सहज बनाउने व्यवसायीहरुका बिचमा प्रतिद्धता व्यक्त गरेकी छिन् । साथै उनले व्यवसायीहरुसँगको भेटमा विज्ञान प्रविधि व्यवसायिक कृषि तथा उद्योग वाणिज्य महासंघकसँगको सहकार्यलाई प्रगढ बनाउनका लागि पहल गर्ने बताएकी छिन् । सो समूहले आफ्नो निर्वाचन लक्षित अभियानलाई तिव्रता दिईरहेको छ ।


लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट अध्यक्षमा लक्ष्मणराज पौडेल, वरिष्ठ उपाध्यक्ष पदका लागि प्रदिप भट्टराई, उद्योग तर्फको उपाध्यक्षका लागि चण्डीप्रसाद गैरे, वाणिज्य तर्फको उपाध्यक्ष पदका लागि संगिता सुवेदी, महासचिव पदका लागि मात्रिका सापकोटा, उपमहासचिव पदका लागि दिपकबहादुर भण्डारी, कोषाध्यक्ष पदका लागि सिता कार्की, सहकोषाध्यक्ष पदका लागि भरत खत्री रहेका छन् ।
त्यसैगरी खुल्ला सदस्य पदका लागि राकेश विष्ट, भुमिराज कंडेल, तेजबहादुर अधिकारी, होमबहादुर रावत, यादव राज बस्याल, यज्ञप्रसाद सुवेदी, दिपक वली, नविनकुमार शाही, कल्याण केसी र चिरञ्जिवि चौधरी रहेका छन् भने महिला सदस्यमा शर्मिला मल्ल र प्रवित्रा ढकाल र एशोसिएट सदस्यमा दिप नारायण श्रेष्ठ र वस्तुगत सदस्यमा किरण केसीले उम्मेदवारी दिएका छन् ।

यसैगरी, हाँस्यव्यङ्ग्य क्षेत्रका राष्ट्रिय बहुचर्चित कलाकार (जोगिन्दरको पान पसलले परिचित) सुभाष गजुरेल कोहलपुर उद्योग वाणिज्य संघको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सहभागी हुन सोमबार कोहलपुर आइ पुगेका हुन ।
सुदुरपश्चिमको धनगडी कार्यक्रम सहभागिता जनाएर कोहलपुर आइपुगेको गजुरेलले लोकतन्त्रिक समावेशी व्यवसायी समूहका उम्मेद्वारहरुलाई बिजयको शुभकामना समेत दिएका छन् ।
लोकतान्त्रिक समावेशी व्यवसायी समूहको व्यवसायीहरुसँगै घरदैलो भेटघाट कार्यक्रममा कोहलपुर–१२को चपरगौडीमा उपस्थित भई उम्मेद्वारहरुसंग भेटघाट गरेका थिए । हरेक क्षेत्रमा युवाहरुको सहभागिता र नेतृत्व आवश्यक रहेकाले संघको ९ औं अधिवेशनमा लोकतन्त्रिक समावेशी व्यवसायी समूहहरुलाई सहयोग गर्न समेत उद्योगी व्यापारीहरुलाई गजुरेलले अनुरोध गरेका थिए ।
साथै उनले बाँके क्षेत्र पर्यटनका हिसाबले, साँस्कृतिक सम्पदाका हिसावले अगाडी रहेकोले उद्योग वाणिज्य संघले हरेक ठाउँहरुमा युवाहरुले जिम्मेवारी समाल्नु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *