Sunday, April 26सत्यम खबर
Shadow

नेपाली राष्ट्रबादको पक्षमा उभियो परिवार दल

काठमाण्डौ, १३ फागुन – प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नुपर्छ भन्दै आएको परिवार दलले सातै प्रदेशमा प्रदेश स्तरिय भेला सम्पन गरेको छ ।
बुधबार बाग्मती प्रदेश स्तरिय भेला सम्मन गरेसँगै सातै प्रदेशको भेला सम्पन भएको हो । पछिल्लो समय जातिय क्षेत्रीय, धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा उभिएको परिवार दलले अग्रपन्थी लोकतन्त्रलाई आफ्नो राजनीतिक दर्शन मान्दै आएको छ । जनताले बिकल्प खोजिरहेको बेला नयाँ शत्तिको रुपमा परिवार दल अगाडि देखिएको छ । सातै प्रदेशको भेलमा नागरिक समाज, बुद्धिजिबि सञ्चारकर्मी, कलाकार, राष्ट्रसेवक लगायत सबै तह र तप्काका आम नेतृत्वको सहभाति रहेको थियो ।


बाग्मती प्रदेश सम्र्पक समितिद्धारा आयोजीत भेलामा सम्बोधन गदै नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले नेपालका पुराना दलहले समृद्धिका कुरा गरे पनि सुसाशनलाई कम महत्व दिएको बताउँदै नेपालको राजनीतिमा मुल्य मान्यता र निश्ठाको आवश्यकता रहेको बताए ।
अध्यक्ष ढकालले जवसम्म राज्य सञ्चालन कर्ताहरुमा इमान्दारिताको अभाव देखिन्छ तवसम्म देशमा सुसंस्कार र शुसासनको प्रत्याभूति हुन नसक्ने ठोकुवा गरे । उनले लोकतन्त्र र सुसासन माथी खतरा पढेलेखेका बुद्धिजिबि र जान्ने सुन्नेहरुबाटै रहेको बताउँदै विभेद रहित र समातामूलक समाज निर्माण गर्न समृद्धि सुसासन, मुल्य मान्यता सँगसँगै रहमा देशको सवार्ङिण विकास हुने बताए ।


म पूर्वमन्त्री एकनाथ ढकालले परिवार दल जातिय क्षेत्रीय, धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रबाद भेनेको सबै जात धर्म भाषा र संस्कृतिलाई सम्मान अधिकार र समान आत्मसम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एकमात्र उदेश्य नेपाली जनताको सपना साकार पार्ने उदेश्य बोकेको बताए । उनले नेपाली राष्ट्रबाद र सपनालाई साकार बनाउन सबै नेपालीहरुलाई अफिल गरे । अध्यक्ष ढकालले पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दियकाले अब बैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउँदै परिवार दल सोहि कार्यमा अघि बढ्ने स्पष्ट पारे ।


सामाजिक अभियान्ता एवम् पूर्व सभासद बिनोद पहाडीले परिवार दल जस्तो निस्ठावान पार्टीको सान्दभिकता अहिले झन बढेको बतए । अन्तरधार्मिक परिषद अध्यक्ष केशव चौलागाईले सबै धर्म संस्कृति प्रति सद्भाव कायम गर्न परिवार दलले महत्वपूर्ण भूमिका खेलेको बताए ।
सोही कार्यक्रमहरु दलका महामन्त्री बिनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने बताए । ६० लाख परिवारको साझा दल परिवार दल भएको बताउँदै परिवार दलले गरेका समाजसेवाका कार्यक्रहरुको बारेमा बताउनुभयो ।
राष्ट्र र जनता पहिलो प्राथमिकता तथा राष्ट्रिय जनजागरण अभियानलाई फेरी निरन्तरता दिदै देशको पूर्व देखि पश्चिमसम्म अभियान सञ्चाल गर्ने तयारी भएको दलका महामन्त्री बिनोद डाँगीले बताए । परिवार दलका प्रवत्ता सन्तोषकुमार पौडेलले भविष्य भएको पार्टी नेपाल परिवार दल नै हो भन्दै सम्पूर्ण युवाहरुलाई आबद्ध हुन गरे ।


दलका बाग्मती प्रदेश संयोजक गणेशकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमा दलकी कोषाध्यक्ष एवम् संबिधान सभासदस्य मिलन कुमारी राजबंशी दलका केन्द्रीय सदस्य गोबिन्द मिश्र, लक्ष्मी प्रसाद भण्डारी, दयाराम कडेल, सन्तबहादुर पन्तलगायत सहभागी रहेका थिए ।
सोही अवसरमा लामो सययदेखि कला, साहित्य तथा विभिन्न क्षेत्रमा क्रियाशील रहेर समाज विकासमा उत्कृष्ठ योगदान गरेका ब्यत्तित्व तथा कलाकारहरुलाई परिवार दलले सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् ।
परिवार दलले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी दिएको आदेशको स्वागत गदै बिगतका तिक्तताहरु बिर्सदै सबै राजनैतिक शक्तिहरुले राष्ट्रलाइ केन्द्रमा राखेर राष्ट्रिय मेलमिलापका साथ अघि बढ्न पनि आग्रह गरेको छ । दलले प्रतिशोधको राजनीतिले कसैको हित नगर्ने भन्दै राष्ट्रिय सहमतिको वातावरण सृजना गर्न सकारात्मक भूमिका खेल्न पनि सबैमा आवहान गदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *