
कुशल दलामी
काेहलपुर, १२ फागुन – भुमिहीन तथा सुकुम्बासी संर्घष समितिद्वारा आफ्नाे अधिकार प्राप्तीकाे लागि स्थानीय सरकार बिरूद्ध बिराेध प्रदर्शन गरिएकाे छ । कोहलपुर नगरपालिका वडा नं. ११ वडा कार्यालयबाट शुरू गरिएकाे बिराेध जुलुस पिपल चौतारादेखि साझा चोक, न्युरोड हुँदै कोहलपुर चौराहा पुगी कोण सभामा परिणत भएकाे थियाे ।
बाँकेकाे कोहलपुर नगरपालिका-११, शन्तिनगरका स्थानीयहरु बिगत लामो समयदेखी ब्यक्तिगत घटना र बसाइँ सराई दर्ता नभएपछि आफ्नो हक अधिकार प्राप्तीका लागि बिरोधका कार्यक्रमहरु निरन्तर जारी राख्ने बिराेध कार्यक्रममा सहभागी जानकी पुनले बताईन् ।
काेहलपुर नगरपालिका-११, शान्तिनगरमा २० वर्षदेखि करिब ७ सय घरधुरी भुमिहीन सुकुम्बासीहरू बस्दै आएकाे भूमिहीन तथा सुकुम्बासी संघर्ष समितिका अध्यक्ष तिलक सितापतिले जानकारी गराउँदै भने ५ वर्ष अगाडि बिधुत आयाे, बसाईसराई दर्ता गरियाे तर घर कर नउठाईएकाे बताए ।
नेपाल सरकारले दलित भुमिहीनहरुलाई जग्गा उपलब्ध गराउन भनिएतापनी कुनै कार्यान्वयन नगरिएकाे जानकारी गराउँदै हामीलाई भोट बैंकको रूपमा मात्र प्रयाेग गरेकाे आराेप लगाउँदै आफ्नो अधिकार प्राप्तीका लागि जुनसुकै परिस्थितिको सामना गर्न हामी तयार रहेको अव्यवस्थित संघर्ष समितिका अध्यक्ष जीवन थापाले बताए ।
दोश्रो दिन मंगलबार शान्तिनगरबाट निस्केको जुलुस न्युरोड चौराहा हुँदै वडा कार्यालय घेराउ गरेर दिनभर वडा कार्यालयबाट हुने सम्पुर्ण कामकाज ठप्प पार्दै वडा कार्यालय अगाडि धर्नामा बसेका बिराेद्धकर्ताहरू दिउँसाे ४ बजे कोण सभा गरेको थिए भने आज बुधबार बिहान १० बजेदेखि पुनः शान्तिनगरबाट न्युरोड चौराहा परिक्रमा गरेर वडा कार्यालय हुँदै कोहलपुर नगरपालिकाको कार्यालय घेराउ गरी नगरपालिकाबाट हुने सम्पुर्ण कामहरू ठप्प पारेका थिए ।
उक्त सभालाई सम्बोधन गर्दै अान्दाेलनकारी जीवन थापाले डुडुवा बस्ती शान्तिनगरमा बसोबास गर्दै आएका स्थानीयहरुको बसाइँसराइ दर्ता, ब्यक्तिगत घटना दर्ता गर्न दबाब स्वरुप आन्दोलन गरिएको बताउँदै हामी बसेको लामो समयसम्म पनि ईत्यादी सेवाहरुबाट बन्चित गरेर नेपाली नागरिकहरुको हकअधिकार बिपरित काम गरेको भन्दै बसाइँसराइ दर्ता भएकाहरूकाे हकमा समेत घरधुरि कर लिन नगरपालिका नमानेपछि आफुहरु आन्दोलनमा उत्रिएकाे बताए ।
कोहलपुर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष कर्णबहादुर थापाले भने- यो वडाले रोकेको काम हाेईन, नगरकार्यपालिकाबाट राेकिएकाे हुँदा नगरकार्यपालिकाले जे निर्णय गर्छ, वडाले साेही निर्णय अनुसार स्वस्फूर्त रूपमा काम गर्ने बताए ।
नगर प्रमुख लुटबहादुर रावतले स्थानीय नागरिकले आफ्नो अधिकारको लागि किन आन्दोलन गर्नु पर्यो ? स्थानीय नागरिकले अधिकार माग्दा नदिने होईन तर अरुको अधिकारभित्र पर्ने अधिकार दिन नसकिने बताउँदै बरु भुमिहीनहरुको फारम भर्न तयार छौँ, बसाइँसराइ दर्ता गरेर अहिले फारम भर्न सकिँदैन, अवस्था हेरेर सरकारले भुमिहीन यकिन गरेको हकमा भरेकाे फारमले फाईदा नै गर्छ र स्थानीय सरकारलाई यसको समाधान गर्न सहज हुनेछ भन्ने विकल्प पनि खोज्न सकिने सम्भावना रहेको बताए ।
संघर्ष समितिद्वारा बिहिवार थप सशक्त भई सबै पार्टी प्रतिनिधिहरुलाई बोलाएर खुला मञ्चमा अन्तर्किया कार्यक्रम गर्ने अध्यक्ष थापाले जानकारी गराउनुभयाे ।
