Saturday, April 11सत्यम खबर
Shadow

संघको भेलाद्वारा भवन निर्माण कार्यमा तिब्रता दिने निष्कर्ष

नेपालगन्ज, १ फागुन – अवधी पत्रकार संघ नेपालको भवन निर्माण कार्यले तिब्रता पाउने भएको छ । संघको शनिबार डुडुवा गाउँपालिका वडा नं.५ को कम्मरशाह बाबा मजार स्थलमा सम्पन्न भएको भेला तथा प्रशिक्षण कार्यक्रमले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेको छ ।
भेलामा सहभागी अतिथिहरूले संघको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएपछि संघले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेको हो ।


कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाह, पत्रकार जयसिंह केसी, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा कसौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।


संघको बिकासका लागि अध्यक्ष शाह तथा पत्रकार केसीले ५१÷५१ हजार नगद र बैश्यले हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । भेलामा बोल्दै शाहले प्रतिबद्धतासँगै संघले संस्थागत विकास अवधी भाषी पत्रकार र समुदायको उत्थानका लागि सक्रियता देखाउनु पर्नेमा जोड दिनुभयो । संघका केन्द्रीय अध्यक्ष राकेश मिश्रले प्रेस स्वतन्त्रता सेनानीद्वय स्व. पन्नालाल गुप्त र स्व. राम गोपाल बैश्यको स्मृतिमा पन्ना, रामगोपाल अवधी पत्रकारिता पुरस्कार लागि अक्षय कोष स्थापना गर्नेे जानकारी गराउँदै कोषमा आफुले ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । साथै उहाँले सो अक्षय कोषका लागि सबैलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।


भेलामा संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, बरिस्ठ अधिवक्ता बिजय गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव सकिल अहमद कादरी, प्रेस मंच नेपालका अध्यक्ष आशिष गुप्ता र रामगोपाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष अजयकुमार गुप्ताले संघले आगामी दिनमा अपनाउनु पर्ने रणनीति, खेल्नुपर्ने भुमिकाका बारेमा बोल्नुभएको थियो ।
संघ बाँकेका अध्यक्ष चन्द्रेश्वराज त्रिपाठीको अध्यक्षतामा भएको भेलालाई संघका केन्द्रीय उपमहासचिव गुरूमुरत यादवले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *