
नेपालगन्ज, २९ माघ – भेरी वातावरणीय विशिष्टता समुह–बी (ग्रुप) बाँकेले अक्सफाम नेपालको साझेदारीमा स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना अन्तर्गत भेरी अस्पतालमा रहेको कोभिड–१९ आईशोलेशन वार्डका लागि कोभिड संकट ब्यवस्थापन केन्द्रमार्फत भेरी अस्पताललाई २०० सेट स्वास्थ्य सुरक्षा सामग्री (आईशोलेशन किट्स) हस्तान्तरण गरेको छ ।
सो हस्तान्तरण गरिएको एक सेटमा ८४ थान मेकिल मास्क, हेण्ड सेनिटाईजर १ बोतल, डिजिटल थर्मोमिटर १ थान, पल्स अक्सिमिटर १ थान टिस्यु पेपर २०० थान, सर्जिकल ग्लोभस ५० जोडी रहेको छ ।
सो स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बि–ग्रुपका सचिव टेकबहादुर पुनले भेरी अस्पतालका मेडिकल सुपरि टेन्डेन डा. प्रकाश थापा र भेरी अस्पताल विकास समितिका सदस्य धनराम ओलीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको छ ।
सो हस्तान्तरण कार्यक्रममा भेरी अस्पताल बिकास समितिका सदस्य धनराम ओलीले आगामी दिनहरुमा पनि अस्पताललाई आवश्यक परेको स्वास्थ्य सामग्री सहयोग गरेकोमा र अस्पातालको स्वास्थ्य सेवामा गुणस्तर ल्याउनमा बी–ग्रुप संस्थाले सहकार्य गरेकोमा धन्यावाद ब्यक्त गर्नु भयो ।
सो हस्तान्तरण कार्यक्रममा बी–गु्रपका लैङ्गिक अधिकृत सोम गुरुङ्गको सहभागिता रहेको थियो ।
भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँकेले अक्सफाम नेपालको साझेदारीमा बाँके जिल्लामा स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना सञ्चालन गरिरहेको छ ।
सोही परियोजना अन्तर्गत भेरी अस्पतालमा १०० थान स्वास्थ्य सामग्री (आईशोलेशन किट्स) यस अघि नै हस्तान्तरण गरिसकेको बी–गु्रपका कार्यक्रम संयोजक प्रकाश शर्माले जानकारी दिनुभयो ।

