Sunday, April 12सत्यम खबर
Shadow

तीन दिने भारत भ्रमण गरेर स्वदेश फर्किए एकनाथ ढकाल

काठमाण्डौ, २९ माघ – तीन दिने भारत भ्रमण गरेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल बिहिबार स्वदेश फर्किएका छन् । भारतमा रहँदा अध्यक्ष ढकालले भारतका पूर्व प्रधानमन्त्री एच. डी. देवगौडा, १२ औं उपराष्ट्रपति हमिद अन्सारी, भारतीय जनता पार्टी र भारतीय कांग्रेस लगायत दर्जन सांसद, नेपालका लागि पूर्व भारतीय राजदुतहरु समेत पाँच कुटनीतिज्ञ लगायतसँग भेटबार्ता तथा अन्तरक्रिया गरेका थिए ।
नयाँ दिल्लीमा भएको भेटहरुमा आपसी हित र मित्रता अभिबृद्धि बारे छलफल भएको नेता ढकालको सचिवालयले जनाएको छ ।


पूर्व प्रधानमन्त्री देवगौडा र पूर्व उपराष्ट्रपति अन्सारी भेट्न ढकाल उहाहरु कै निवास पुगेका थिए भने अन्य सांसद तथा पूर्व राजदुतहरु केभी राजन, मन्जित पुरी लगएतसँग सांग्रिला होटेलमा छलफल गरेका भ्रमण दलमा सहभागि परिवार दलका प्रवत्ता सन्तोष पौडेलले जानकारी दिए । ढकालले नेपाली राजदुतावासमा राजदुत निलाम्बर आचार्यसँग पनि भेटेका थिए ।


त्यसैगरी भाजपा नेताहरु बिजय जोली, अशोक ठाकुर, आम आदमी पार्टीका युवा नेता तथा सांसद अजय दत्त लगायतले पनि नेता ढकाललाई सांग्रिला होटल मै भेटेका थिए । केही प्रवासी नेपालीहरुपनि ढकाललाई भेट्न होटेल पुगेका थिए । भेटघाटको संयोजन परिवार दलका प्रबक्ता सन्तोष पौडेल तथा दिल्ली स्थित सामाजिक अभियन्ता कृष्ण अधिकारीले गरेका थिए ।
३ दिन सम्म दिल्लीमा भेटघाटमा पूर्ण ब्यस्त भएका नेता ढकालको क्रेज भारतमा समेत बढ्दै गएको स्पष्ट देखिन्थ्यो ‘एकनाथ ढकाल नेपालको मात्र नेता नभई दक्षिण एशिया र विश्वस्तर मै प्रभाव छोड्न सफल कुशल शान्तिवादी नेताको रुपमा आंफुले पाएको’ इन्दिरागान्धी खुला विश्वविद्यालयका प्राध्यापक डा. प्रमोद मेहराले बताए ।

३ दिने भ्रमणको क्रममा नेता ढकालले भारतीय नेताहरु तथा कुटनीतिज्ञहरुसँग गर्नु भएको कुराकानी सबै बाहिर प्रकाशन नभएपनि एक नेपाली युवा नेताले बिशाल छिमेकी मित्र राष्ट्रमा विस्तार गर्नु भएको सम्पर्क र मित्रताले भने थुप्रै नयाँ आशा र सम्भावना प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *