Monday, April 13सत्यम खबर
Shadow

बाँकेमा २५ प्रतिशत ढिके नुनकाे प्रयाेग

नेपालगन्ज, २७ माघ – आजकाे विकासाेन्मुख समयमा समेत २५ प्रतिशत ढिके नुनकाे प्रयाेग हुने गरेकाे एक कार्यक्रममा बताईएकाे छ ।

नेपालगन्ज उपमहानगरपालिकाकाे आयाेजनामा आज मंगलबार नेपालगन्जमा आयाेजित फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाइने कार्यक्रम अन्तर्गत पत्रकार तथा अन्य सरोकारवालाहरूसँग अन्तरक्रियामा उक्त तथ्य बारे बताईएकाे थियाे ।

साल्ट ट्रेडिङ नेपालगन्जका प्रमुख मनोज चौधरीले ७५ प्रतिशत आयाेडिन नुन प्रयाेग भईरहेकाे अवस्था भएपनि २५ प्रतिशत हाल पनि ढिके नुन नै प्रयाेगमा रहेकाे तथ्यांक देखाउँदै बाँकेका विभिन्न स्थानमा अहिले पनि ढिके नुनको प्रयोग हुने गरेको जानकारी गराउनुभयाे ।

प्रमुख चौधरीले ढिके नुनको प्रयोग रोक्न विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी समेत गराउनुभयाे । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले सहि मात्रामा आयोडिनयुक्त नुन खानु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अायाेडिन नुनकाे प्रयाेगले गलगांड (कुण्ठराेग) नियन्त्रण गर्न, मानसिक, बाैद्विक क्षमता विकासकाे लागि, लाटाे लठेब्राेपन नियन्त्रण गर्न, पुनरूत्पादन क्षमता बृद्विल गर्न, बाल मृत्यु दर घटाउनलगायतमा फाईदा हुने बताईएकाे थियाे ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतमले आयोडिन नुनको सबैले प्रयोग गर्नुपर्ने अभियान सहित उपभोक्ता शिक्षामा जोड दिनुपर्ने सुझाव दिनु भएकाे थियाे ।

यसवर्ष “नुन खाऔं तर सहि मात्रामा आयोडिन भएको दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुन मात्र खाऔं” भन्ने नाराका साथ आयोडिन महिना मनाइदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *