Wednesday, April 15सत्यम खबर
Shadow

नेपालगन्जमा टि फेस्टिभल हुने

नेपालगन्ज, २६ माघ – नेपालगन्जमा टि फेस्टिभल हुने भएको छ । नेपालगन्जमा पहिलोपटक ‘टि फेस्टिभल’ हुने भएको छ । आगामी आईतबार भिन्टेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले फेस्टिभलको आयोजना गर्न लागेको छ ।
भिन्टेज कलेजले आईतबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर फेस्टिभलका बारेमा जानकारी दिएको छ । फेस्टिभल भिन्टेज कलेजका विद्यार्थी एवम् कर्मचारीले सञ्चालन गर्ने छन् ।


सम्मेलनमा फेस्टिभलकी संयोजक जया घलेले फेस्टिभलमा रोज म्यारी, रोज टी, कावा, ह्वाइट टीलगायत विभिन्न २० प्रकारका चिया फेस्टिभलमा राखिने बताइन् ।
सम्मेलनमा भिन्टेज कलेजका प्रिन्सिपल गजेन्द्र मल्लले चियाका बारेमा हामीलाई धेरै कुरा थाहा नभएको उल्लेख गरे । मल्ले भने, ‘बाँकेमा चिया उत्पादन हुँदैन तर चिया पारखी भने धेरै छन् । यहाँ चियाको रंग कालो हुन्छ भन्ने मात्र थाहा छ । हामिले ग्रीन टि पनि खान जनेका छैनौ । यहाँसम्मकी हामीलाई चिया कसरी बनाइन्छ भन्ने पनि थाहा छैन ।’
मल्लेले चिया नेपालको पुरानो परिकार भएतापनि चियाबाट हामीले फाइदा लिन नसकेको उनले गुनासो गरे । ‘चियाका धेरै प्रकार छन् । चियाले हाम्रो शरीरमा धेरै फाइदा गर्छ । चिया किसानसँग सम्बन्धित भएकाले चियाको विकास र माघ बढाउन सके चौतर्फी फाइदा हुन्छ,’ मल्लले भने ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सन्तोष थापाले चिया हाम्रो दैनिकी र सांस्कृतिक पाटो भएको बताए । उनले भने, ‘चिया हरेक नेपालीको घरमा बन्ने गर्छ । हामीकहाँ पाहुना आउँदा हामीले पहिलो सत्कार चियाबाट नै गर्छौ । तर चियाको विकासमा हामी पछि परेका छौं ।’
सम्मेलनमा विश्व काइकल यात्री पुष्कर शाहले चियाका प्रकार र यसका फाइदाका बारेमा जानकारी फैलाउन सके चियाबाटै व्यवसायिक फट्को मार्न सकिने उल्लेख गरे ।
नेपालगन्जमा हाल पाँच÷६ प्रकारका चियामात्र पाउने प्रिन्सिपल मल्लले बताए । उनले फेस्टिभलमा राखिने सबै चियाको मूल्य ३० रुपैयाँ तोकिने जानकारी दिए । आयोजकले फेस्टिभलमा बिक्री हुने हरेक कप चियाबाट १० रुपैयाँ द्वन्द्वपीडितका लागि छुट्याइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *