Thursday, April 23सत्यम खबर
Shadow

योगदान बाँकेको अध्यक्षमा :- कुँवर

नेपालगन्ज, २० माघ – स्वास्थ्य सेवामा योगदान गर्ने, प्राथमिक उपचार, सरसफाइ, जनचेतना तालिम तथा सेवा प्रदायक कार्यक्रम गर्ने उद्देश्यका साथ गठित योगदान राष्ट्रका लागी जिल्ला कार्य समिति बाँकेले पूर्णता पाएको छ ।

योगदान राष्ट्रको लागि बाँकेको अध्यक्षमा प्रकाश कुँवर चयन हुनु भएको छ, कुँवरकोअध्यक्षतामा २१कार्यसमिति र जम्मा ३० जना सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।

समितिको उपाध्यक्ष सुवहान अलि हल्वाइ, सचिवमा शाहिल अंसारी, सह–सचिवमा रोमा चौधरी, दिपक खड्का, कोषाध्यक्षमा अंकित श्रीवास्तबलाई चयन गरिएकाे छ ।

पुनर्गठीत जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यलाई आज प्रमाणपत्र समेत बितरण गरिएको अध्यक्ष कुँवरले बताएका छन् ।

यसले दैविक प्रकोप नियन्त्रण, आगजनी, बाढी-पहिरो, आकष्मिक दुर्घटनाबाट बच्ने तालिम सञ्चालन सुविधा सम्पन्न एम्वुलेन्स सञ्चालन र सम्भावीत भवितब्यसँग जोडिएको हुँदा अझै दक्ष जनशत्ति तयारीको काम गर्दै आउने अध्यक्ष कुँवरले दावी गर्नु भएको छ ।

सो कार्यक्रममा संघ संघठन, सामाजिक कार्यमा अहोरात्र खटिने र सामाजिक अभियन्ता, पत्रकार, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको विभिन्न जिल्लाबाट इच्छुक समाजसेवीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *