नेपालगन्ज, १७ माघ – नेपाल ललित कला संस्था बाँकेकाे प्रथम अधिवेशन आज शनिवारका दिन नेपालगन्जकाे महेन्द्र पुस्तकालयको सभा कक्षमा सम्पन्न गरिएकाे छ ।
संस्थापक अध्यक्ष बिष्णुलाल कुमालको सभापतित्व तथा बरिष्ठ साहित्कार एवं प्रग्या प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मीको मुख्य अतिथित्वमा अधिवेशन सम्पन्न गरिएकाे छ ।
सम्पन्न अधिबेशनबाट आगामी कार्यकालको लागी बिष्णुलाल कुमालको अध्यक्षतामा १० सदस्यीय कार्य समितिको चयन गरिएकाे निर्वाचन आयुक्त सुन्दर गुरुंगले जानकारी गराउनुभयाे ।
नेपाल ललित कला संस्था बाँकेकाे प्रथम अधिवेशनबाट सम्पन्न कार्यसमितिकाे उपाध्यक्षमा डा. आनन्दबहादुर कर्माचार्य, सचिवमा हरीशकुमार गुप्ता, कोषाध्यक्षमा बीरेन्द्र यादव, सहसचिवमा मो .जहीरुल हक “जीनु” लाई चयन गरिएकाे छ ।
यसैगरी संस्थाकाे सदस्यहरुमा क्रमशः
त्रिभुवन बिश्वकर्मा, फारूक खाँ, नरेश नेपाली, शारदाकुमारी मौर्य र अल्पनाकुमारी गुप्तालाई चयन गरिएकाे निर्वाचन अायुक्त गुरूङ्ले बताउनुभयाे ।
यसैगरी गठित कार्यसमितिको लगत्तै बसको बैठकबाट पूजा शर्मा र नीलम शर्मालाई कार्यसमिति सदस्य पदमा मनोनयन गरिनुकाे साथै, चित्रकला बिभाग प्रमुखमा भोजराज शर्मा “नादिर”, नाट्यकला बिभाग प्रमुखमा बीरेन्द्र हमाल, मूर्तिकला बिभाग प्रमुखमा त्रिभुवन बिश्वकर्मा, शिल्पकला बिभाग प्रमुखमा अल्पनाकुमारी गुप्ता, नृत्य तथा संगीतकला बिभाग प्रमुखमा सुन्दर गुरुंगलाई मनोनयन गरिएको संस्थाका अध्यक्ष कुमालले बताउनुभयाे।