Monday, November 25सत्यम खबर
Shadow

समानताकाे सिलाई कटाई तालिम शुभारम्भ

नेपालगन्ज, १२ माघ – समानता तथा सशक्तिकरण मञ्च (आई) बाँकेले एक कार्यक्रमका बीच सिलाई कटाई तालिमकाे उद्घाटन गरेकाे छ ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरकाे प्रमुख आथित्यता तथा समानता तथा सशक्तिकरण मञ्च (आई) की अध्यक्ष मुना श्रेष्ठकाे सभापतित्वमा सञ्चालन भएकाे कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका ८ जना महिलालाई संस्थाले ३ महिने सिलाई कटाई तालिम दिन लागेकाे छ ।

उद्घाटनका क्रममा उपमेयर उमा थापा मगरले तालिम प्रमाण पत्रकाे लागि मात्रै न लिएर सीप सिकिसकेपछि कुनै नकुनै रूपमा आर्थिक आयआर्जनकाे लागि प्रयाेग गर्न सहभागिहरूलाई जाेड दिनुभयाे ।

अमेरिका स्थित “अनकाेन” सामाजिक संस्थाकाे आर्थिक सहयाेगमा समानता तथा सशक्तिकरण मञ्च (आई) बाँकेले सिलाई कटाईबाट आत्म स्वावलम्बन तथा आय आर्जन गरी जिवनमा परिवर्तन ल्याई घर परिवार तथा समाजलाई परिवर्तन गर्ने चाहना राखेकालाई तालिममा सहभागी गराईकाे कुरा संस्थाकी अध्यक्ष मुना श्रेष्ठले बताउनु भयाे ।

काेराेना महामारी पूर्ण रुपले समाप्त नभएकाेले हाललाई थाेरै सहभागी राखिएकाे कुरा पनि उक्त कार्यक्रममा श्रेष्ठले बताउनु भयाे । तालिम पश्चात् सहभागीहरुलाई सिलाई मेशिन पनि वितरण गरिने कुरा अध्यक्ष मुना श्रेष्ठले बताउनु भएकाे छ ।

तालिम दैनिक ३ घण्टा सञ्चालन हुने कुरा सिलाई कटाई तालिमका प्रशिक्षक माेबिना अन्सारीले बताउनु भयाे । समानताले बाँकेमा केन्द्रीय कार्यालय राखि विगत १२ वर्षदेखि विविध कार्यक्रम सञ्चालन गर्दै आईरहेकाे छ ।

संस्थाकी सचिव प्रमिला थापाले सञ्चालन गर्नु भएकाे कार्यक्रममा नेपाल परिवार नियाेजन संघ बाँकेका वरिष्ठ प्रबन्धक हरीबहादुर बिष्टले कार्यक्रमकाे सफलताकाे शुभकामना दिनु भएकाे थियाे । कार्यक्रममा संस्थाका पदाधिकारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *