??कविता??
२०७७ माघ १२
संघियता, लोकतन्त्र, गणतन्त्रका निम्ति ।
सुशासन, संवृद्धि समानुपातिक, समावेशीका लागि ।
बहुभेषभूषा, बहुपहिचान, धर्मनिरपेक्षताका निम्ति ।
जागौ यूवा जागौ यसका रक्षार्थ का निम्ति जागौ ।
व्यक्ति विशेष काे चाकरी गर्न सिकाउने हरु
निरंकुशता, तानाशाह काे गुणगान बखान गर्नेहरू
आर्यघाटकाे मुर्दा जीवित गर्छु भन्नेहरु ।
उत्तर र दक्षिण काे अमृत काम नलाग्ला ।
बाबाज्यूको आशीर्वाद व्यार्थ नै हाेला l
बेतिथि काे गुणगान बखान गर्नेहरू
तिम्रा सपनाहरुलाई श्रदान्जली दिँदै छु ।
जागौ युवा जागौ नोकरशाही जन्तुहरू लाई
लखेटनको निम्ति जागौ ।
केही भ्रष्ट स्वार्थी नेताले गर्दा कमीकमजोरी भएकै छ ।
केही यथास्थिति सोच वाला बोकाले दुष्ट्याई गरेकै छन् ।
अपूरो संविधान निर्माण गरिदै समृद्धि मा लागौं
जागौ यूवा जागौ देश निर्माण का निम्ति जागौ ।
दुष्ट, भ्रष्ट, प्रतिगमनकारीहरूको अंत को निम्ति
जागौ यूवा जागौ, संबिधान रक्षार्थ का निम्ति जागौ । अध्यक्ष श्रवणकुमार यादब
नेपालगन्ज नगर समिति जसपा, बाँके