Sunday, April 26सत्यम खबर
Shadow

बी योर सेल्फद्वारा महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड बितरण

नेपालगन्ज, ३ माघ – जानकी गाउँपालिका वडा नं. ३ कर्मोहनाका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिएको छ । महिला जनचेतनामुलक अभियान अन्तरगत बी योर सेल्फ नामक संस्थाले शनिवार प्याड वितरण गरेको हो ।

कार्यक्रममा २ सय जनालाई प्याड वितरण गरिएको संस्थाका अध्यक्ष गौरव शाहले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष अनुपा चौधरी, कोषाध्यक्ष प्रेक्षा केसी, पुर्व मिस नेपालगन्ज सुमन थापा, मधु योगी लगायतले सामाग्री हस्तान्तरण गरेका थिए ।

वितरण कार्यक्रममा महिनावारीका वारेमा जनचेतनामुलक नृत्य, नाटक प्रदर्शनका साथै स्वास्थ्य सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो ।

नेपालगन्जका युवाहरुद्वारा स्वतस्फुर्त रुपमा गठित संस्थाले यस अघिपनि आर्थिक संकलन गरि विपन्न तथा असहायहरुलाई खाना खुवाउने लगायतका सामाजिक क्रियाकलापहरु गर्दै आएको सचिव करण शाहले जानकारी दिनुभयो । कार्यक्रममा ए एण्ड बि ट्रेड सप्लायर्स, विनायक मेडिकल, शुभम जनरल स्टोर लगायतले बिभिन्न सामाग्री सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *