
काठमाण्डौ, ३ माघ – पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोना पुष्टि भएको हो ।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ७७ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४ पुगेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ५४ पुगेको छ ।

