Sunday, November 24सत्यम खबर
Shadow

‘जंगबहादुर हुँ कसैले भन्छ भने त्यो दिवा सपना’– पूर्वमन्त्री राई

नेपालगन्ज, २७ पौष – राप्रपामाथि व्या·य गर्दै जसपाले हाम्रो पार्टी भित्र तराई, पहाड, हिमालबाट सबै वर्ग, जातजाति, धर्म, लिंगहरुको समानुपातिक रुपमा सहभागिता रहेको बताउनु भएको छ ।
नेपालगन्जमा आयोजित जसपाको विरोधसभालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री तथा बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य मोहम्मद ईस्तिायक राईले विकासका कुरा गर्नुपर्दा मेरै कार्यकालमा भेरी अस्पताल, औद्योगिक करीडोर, बाटोघाटो, राँझा एयरपोर्ट, महिला डिग्री कलेज लगायतको विकासका गतिविधि र निर्माण लगायतको कार्य गरिएको बताउँदै शहरी विकास मन्त्री भएको बेला बाटोमा जताततै ट्रिपर र जोडर मात्र देखिन्थ्यो, हाल किन देखिएको छैन भनी प्रश्न समेत गरेका थिए ।


संबिधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वा· ओलीले संसद भंग गरेको टुलुटुलु हेरेर बसेकोप्रति आक्रोस पोख्दै ‘पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेर त्यसको झोक संविधानसभालाई भंग गरेर रिस मेटाउने खेल कुनै पनि हातलमा स्वीकार्य नहुने’ बताउनुभयो । संबिधानसभा भंग १९ दिने मधेश आन्दोलन विरुद्ध, संबिधानको धारा विरुद्ध भएकाले अब जनताले सडकबाटै संसद भंगको निर्णय सच्चाउने पूर्वमन्त्री राइको दाबी थियो । उहाँले पछिल्लो राजनीतिक घटनाक्रमले राजावादीहरु सल्बलाउन थालेकोप्रति अच्चमित नहुन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालगन्जमा पनि केही राजावादीहरुले टाउको उठाइरहेको भन्दै त्यसको पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।


राप्रपाकै देन हो पुरैनामा महिला डिग्री कलेज नबनेर काञ्जी हाउस बन्न पुगेको बताउँदै गाईकै चुनाव चिन्हबाट लडेर गाईलाई नै मार्ने गरेको आरोप लगाउनुभयो । पूर्वमन्त्रीराईले ‘राजा आउ…राजा आउ’ भन्नेहरुबाट आम जनताहरुले सोध्नुस् बेरोजगारी भत्ता किन उपलब्ध गराएनन्, आम जनतालाई रोजगार उपलब्ध गराउन किन सकेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओली ‘ओली बा’ ले संबिधानलाई भंग गर्नु लोकतान्त्रिक र संवैधानिक अधिकारमाथिको कु भएको बताउनुभयो । पूर्वमन्त्री राईले विरोधसभालाई सम्वोधन गर्दै ‘संबिधानमाथि प्रधानमन्त्री ‘ओली बा’ ले बलात्कार गरेको आरोप’ लगाउनुभयो ।


अव राजावादीका दिन गए उहाँले विरोधसभालाई सम्वोधन गर्दै भन्नुभएको छ । नेपालगन्जका मेयर धवल शम्शेर राणाप्रति लक्षित गर्दै उहाँले अब राजावादीको सपना नदेख्न चेतावनी दिनुभयो । जंगबहादुर हुँ कसैले भन्छ भने त्यो दिवा सपना भएको उहाँको भनाइ छ । उहाँले यसक्षेत्रको विकास निर्माणको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
निर्वतमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका उहाँले आफु मन्त्री भएपछि यसक्षेत्रको ठूलो विकास भएको बताउनुभयो । उहाँले ९० वर्ष पुरानो भेरी अस्पतालको स्वरुप आफ्नै पहलमा फेरिन लागेको पनि जानकारी गराउनुभयो । पश्चिम नेपालको सबैभन्दा ठूलो र पुरानो अस्पतालको विकासका लागि आफुले ठूलो पहल गरेको पनि उहाँले जिकिर गर्नुभयो ।


जसपाका अर्का नेता अक्वाल अहमद शाहले यो संबिधान मधेश र मधेशी जनताको हित विपरीत भएको बताउनुभयो । उहाँले संबिधानले मधेशी जनताको अधिकारलाई कुण्ठित गरेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान भंग गरेर नेपाली जनताको अपमान र हत्या गरेको पनि आरोप लगाउनुभयो । प्रधानमन्त्रीको असंबैधानिक कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएकोप्रति गम्भीर आपत्ती जनाउनुभयो ।
महिला नेतृ अमृता अग्रहरीले ठूला राजनीतिक दलहरुले मधेशी जनतामाथि दमन र शोसन गरेको आरोप लगाउनुभयो । उहाँले मधेशी र मधेशमाथि काँग्रेस, नेकपालगायतका दलहरुले रैतीको व्यवहार गरेको बताउनुभयो । नेपाल र भारतबीचको सम्वन्ध रोटीबेटीदेखि चेलीबेटीसम्मको रहेको भन्दै दुई देशबीचको सम्बन्ध प्रगाढ हुनु पर्ने बताउनुभयो । उहाँले मधेशीहरुको अधिकार स्थापित गर्नका लागि संबिधान संशोधनको विकल्प नभएको बताउनुभयो । अहिले पनि मधेशी जनताले दमन र शोसनको पीडा खेप्नु परेको उहाँको तर्क थियो ।


पार्टीका जिल्ला अध्यक्ष कमलरुद्धिन राइको सभापतित्वमा भएको कार्यक्रममा बाँकेका विभिन्न गाउँपालिकाहरुबाट ३ हजार बढी जसपामा प्रवेश गरेका थिए । उनीहरु राप्रपा, नेकपा एमालेलगायत विभिन्न पार्टी परित्याग गरेर उनीहरु जसपामा प्रवेश गरेको अध्यक्ष राइले बताउनुभयो । जसपा कार्यकर्ताहरुले सरकार विरुद्ध कार्यक्रम स्थलमै नाराबाजी गर्दै ब्याडबाजा समेत बजाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *