
खजुरा, २४ पौष –नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखाको १७ औं वार्षिक उपशाखा सभा शुक्रबार बाँकेको खजुरामा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखा सभापति जीवनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य सहसचिव टंकनाथ दाहालले गर्नु भएको छ ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले मानव सेवामा समर्पित पबित्र संस्था, स्थानीय सरकारले समन्वय र सहयोग गर्दै आएको बताउनुभयो । विशिस्ट सदस्य राजेन्द्र सापकोटा रेडक्रसले मानवता रुपी विजारोपण गर्न सकोस् भनी शुभकामना दिएका थिए ।
भूतपूर्व सैनिक समिति बाँकेका अध्यक्ष भीम राना पुरानो संस्थामा आफ्नो भवन नहुँदा संस्थागत विकासमा समस्या भएको जानकारी गराउँदै स्थानीय सरकारले जमिन उपलब्ध गराउन आग्रह गर्नुभयो ।
सभापति जीवनाथ सापकोटाद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन प्रतिवेदनमा प्राकृति प्रकोपमा स्थानीय सरकारसंग समन्वय गरेर काम गर्दै आएको जानकारी गराउनु भएको थियो ।
स्थानीय सरकारसँग रेडक्रस भवनको लागि जग्गा माग गरिएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष मुना निरौलाले प्रस्तुत गरेका थिए भने सञ्चालन सचिव अर्जुनसिंह थापाले गरेका थिए ।



