Monday, April 20सत्यम खबर
Shadow

फेडोको संस्थागत क्षमता विश्लेषण

नेपालगन्ज, २१ पौष – सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले अन्य गैर सरकारी संस्थाहरुको संस्थागत क्षमता लोखाजोखा गर्न शुरु गरेको छ । संस्थाको आन्तरिक तथा बाह्रय क्षमता, चुस्त व्यवस्थापन प्रर्णाली, संस्थालाई चाहिने नियमावली, निर्देर्शिका र काम कारवाही प्रक्रिया लगायतका विषयमा संस्थागत क्षमताको लेखाजोखा गर्न थालिएको हो ।
पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत संस्थागत क्षमता तथा व्यवस्थापनका विषयमा नेपालगन्जस्थित दलित महिला संघ बाँकेको क्षमता लेखाजोखा गर्नका लागि आजदेखि ३ दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ ।


कार्यशालामा सुशासन, मानव शंसाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन, संथागत व्यवस्थापन, कार्यक्रम व्यवस्थापन क्षेत्र अन्र्तगत २७ वटा उपखण्डभित्र गहन अध्ययन तथा छलफल गरि स्वःमुल्यांकन गरेर मार्किङ्ग गरिने छ ।


छलफलका आधारमा गरिने मार्किङ्गलाई विश्लेषण गरि संस्थामा रहेका विभिन्न कमी कमजोरी, समस्या र सुधार गर्नुपर्ने कुरालाई समेटेर कार्यन्वयनका लागि कार्ययोजना बनाइने छ । कार्यक्रममा आइएचआरसीका राकेशकुमार मिश्र, मानबहादुर चौधरी र प्रतापसिंह थारुले सहजीकरण गरिरहनु भएको छ । कार्यक्रममा संस्थाका कार्यसमिति र सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *