Sunday, April 26सत्यम खबर
Shadow

“संविधान विघटन गर्ने अधिकार कसैलाई नरहेको दाबी” – नेता भट्टराई

नेपालगन्ज, १२ पौष – नेकपाको प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । नेकपा बाँकेको प्रचण्ड दाहाल समूहले आज नेपालगन्जमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको छ ।


नेता भट्टराईले “हिजो हामीले यति बलियो संसद बनाएका थियौं, हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद विघटन गर्नु हुन्छ भने उहाँलाई के पुगेन, संविधानले विघटन गर्ने कसैलाई अधिकार दिएको छैन, संविधानभन्दा माथि हामी कोही छैनौं, प्रधानमन्त्री र राष्ट्रपति सबै संविधानमा नै टेकेर चल्नु पर्ने हुन्छ, संविधानको कुनैपनि धारा उपधाराहरुमा संविधान विघटनको अधिकार नरहेको” बताउनुभयो ।


उहाँले लोकतन्त्र र संबिधानहित विपरित संसद विघटन गरेको आरोप ओलीलाई लगाउनुभयो । पार्टी एकताको मर्म र भावना विपरित ओलीले देशलाई वर्वादीतर्फ धकेलेको आरोप समेत लगाउनुभयो । पार्टी एकताको बाँकी काम टुंग्याउने क्रममा रहेका बेला एउटा समूहले बखेडा झिकेर मुलुकको पार्टीको लागि मात्र होइन् मुलुक कै लागि अहितपूर्ण काम गरेको आरोप लगाउनुभयो ।


न अहिले पूर्व माओवादी छ, न त अहिले नेकपा एमाले छ, उहाँले भन्नुभयो छ त केवल नेकपा मात्र छ । उहाँले केपी ओलीलाई इतिहासले मूल्यांकन अवश्य गर्ने बताउनुभयो । जुन चिन्हबाट जितेर प्रतिनिधिसभामा नेकपा पुगेको थियो । त्यही संबिधानसभा विघटन गरेर ओलीले सुर्य चिन्ह मासेको आरोप लगाउनुभयो । सुर्य चिन्ह अव नेकपा कै हुने दावी गर्नुभयो ।
कार्यक्रममा प्रदेश सांसद आइपी खरेल, अशोक कोइराला, दामोदर आचार्य, रतन खत्री लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *