Sunday, April 26सत्यम खबर
Shadow

बस र ट्रक ठोक्किँदा १३ जना घाइते

स्याङ्जा, ११ पौष – स्याङ्जामा बस र ट्रक आपसमा ठक्कर खाँदा १३ जना घाइते भएका छन् । शनिबार दिउँसो साढे २ बजे पुतलीबजार नगरपालिका–११ वगालेथोक नजिकै सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो ।
अर्जुनचौपारीबाट आउँदै गरेको ना५ख ५१३९ नम्बरको बस र पोखराबाट वालिङ जाँदै गरेको लु१ख ६५९४ नम्बरको ट्रक ठोक्किएको हो । ठक्कर खाँदा बस र ट्रकमा सवार १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
८ जनाको स्याङ्जास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, पाँच जनाको थप उपचारको लागि पोखराको जिएमसी अस्पतालमा रिफर गरिएको छ ।


अर्जुनचौपरीका ३८ वर्षीय घमनसिंह गुरूङ, पोखराका ३५ वर्षीय जमुना काफ्ले, पर्वतका २८ वर्षीय अमृत विक, तानसेनका ४३ वर्षीय खुमबहादुर दंगाल, अर्जुनचौपारीका ६८ वर्षीया जमुना गुरुङलाई जिएमसी अस्पतालमा रिफर गरिएको छ । दंगाल ट्रक चालक हुन् भने विक बसका सहचालक हुन् ।
त्यस्तै, ६३ वर्षीया तुलसी काफ्ले, पुतलीबजारका ५६ वर्षीय सालिग्राम सुनार, ५० वर्षीया उमादेवी सुनार, पर्वतकी ३० वर्षीया चेतकुमारी नेपाली, ७६ वर्षीय रुमबहादुर गुरुङ, ८३ वर्षीय शेषकान्त अर्याल, १८ वर्षीय सागर गैरे र ४७ वर्षीय प्रितमसिङ गुरुङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक र बसलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *