
काठमाण्डौ, ११ पौष – नेपालमा कोरोना भाइरसका आज शनिबार ५ सय जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ५७ हजार ७ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ सय ४० जना संक्रमण मुक्त भएका छन् । आजसम्म २ लाख ४९ हजार १ सय ३२ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
