
नेपालगन्ज, २ पाैष – नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योग वाणिज्य महासंघमा नवनिर्वाचित केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीलाई स्वागत गरेको छ ।
बिहिवार संघको कार्यालयमा अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा संघले अधिकारीलाई स्वागत एवं बधाई दिएको हो।
कार्यक्रममा बोल्दै व्यवसायीहरुले व्यवसायिक हकहितका लागि सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । केन्द्रीय सदस्य अधिकारीले समग्र बाँके जिल्लाको व्यवसायिक क्षेत्रको विकासका लागि पैरवी गर्ने प्रतिवद्धता व्यक्त गरे । ।
अधिकारीलाई स्वागत गर्दै संघका अध्यक्ष मन्सुरीले व्यवसायिक हितका मुद्दामा आफुहरु सदैव एकसाथ रहने उल्लेख गरे ।
कार्यक्रममा संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्य, पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।
