नेपालगन्ज, २४ मंसिर – बाँकेमा आज बुधवार ८ जना कोरोना संक्रमितहरु डिस्चार्ज घर फर्किने भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका ३ महिला र ५ पुरुष गरी जम्मा ८ जना कोरोना संक्रमितहरु स्वास्थ्य भई डिस्चार्ज हुने भएका छन् ।
मंसिर १४ गते कोरोना संक्रमित भई १० दिने आईसोलेशनमा बसी आज बुधबार संक्रमण मुक्त भई डिस्चार्ज हुने भएका छन् ।
योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेहरुको संख्या ३ हजार ८ सय ७४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जनाउनु भएको छ ।
हालसम्म बाँकेमा ४ हजार ७६ जनामा कोभिड–१९ कोरोना संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेका ३९ जनाको मृत्युु भइसकेको जनाइएको छ ।