
नेपालगन्ज, २२ मंसिर – बाँकेका विभिन्न ल्याबहरुमा ११ महिला सहित २३ जनामा कोभिड–१९ कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
सोमबार फोकल पर्सन तेज ओलीद्वारा जारी प्रेस विवरणमा भेरी अस्पतालको प्रयोगशाला १३ जना, नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा ९ जना र बागेश्वरी ल्याबमा १ जना गरी जम्मा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

योसँगै बाँकेमा हालसम्म गरिएको परिक्षणमा ४ हजार ४५ जना संक्रमित रहेका छन् । जसमा १ हजार ३ सय ७९ जना महिला रहेका छन् भने २ हजार ६ सय ७५ जना पुरुष रहेका छन् ।
यसैगरी आज डिस्चार्ज ४९ जनासहित हालसम्म ३ हजार ८ सय ४६ जना डिस्चार्ज भई घर फर्कि सकेका छन् । जसमा १ हजार २ सय ९३ महिला रहेका छन् भने २ हजार ५ सय ५३ जना पुरुष रहेका छन् ।
यसैगरी बाँके जिल्ला भित्र र बाहिर गरी हालसम्म १ सय ३ जनाको मृत्यु भईसकेको जनाइएको छ । जसमा बाँकेका १५ महिला र २४ पुरुष गरी जम्मा ३९ जनाको मृत्यु भईसकेको छ भने जिल्ला बाहिरका ६४ जनाको मृत्यु भईसकेको जनाइएको छ ।

बाँकेमा बिरामी निको हुने दर ९४.८७ रहेको छ भने बिरामी मृत्यु दर ०.९६ प्रतिशत रहेनुका साथै बाँकेको रोग प्रकोप दर ०.६७ प्रतिशत रहेको जनाइएको छ ।
हाल बाँकेमा जिल्ला भित्र र बाहिर गरी १ सय ६९ जना आईसुलेसनमा रहेका फोकल पर्सन वलीले बताउनुभयो ।
