Monday, April 27सत्यम खबर
Shadow

बन्दनाको नेतृत्वमा सदाबहार सामुदायिक वन

नरैनापुर, २२ मंसीर – नरैनापुर गाउँपालिकामा रहेकोे सदाबहार सामुदायिक बन उपभोक्ता समूह खोदावामा नयाँ कार्यसमिति चयन भएको छ । नरैनापुरमा भएको निर्वाचनमा बन्दना सिंहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन अधिकृत तथा नरैनापुर गाउँपालिकाका सुचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी गराउनुभयो ।
निर्वाचनमा अध्यक्षमा बन्दना सिहं, कोषाध्यक्षमा जगराना यादव तथा सचिव पदमा अभिमन्यु सिंह विजयी भएका छन् ।


यस्तैगरि समितिको उपाध्यक्ष मा चित्र कुमारी परियार, सहसचिवमा मनमाया परियार, सदस्यहरूमा क्रमशः रूक्साना पठानिन, जदुरा लोधिन, केवलराम यादव, धनीराम यादव, रामकिशोर शर्मा, खलिल खाँ, मन्शाराम कहार, हनिफ खाँ, परसु पासी, विमला तमोली, रामकिशोर यादव, प्रमोदकुमार सिंह निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष, कोषाध्यक्ष तथा सचिव पदको लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेदवार नन्कु अहिरले ९७ मत प्राप्त गरेका थिए भने विजयी भएकी अध्यक्ष पदमा बन्दना सिंह १ सय ७७ मत प्राप्त गरेका थिए ।
यसैगरी, कोषाध्यक्ष पदकी अर्को उम्मेदवार नन्का कुम्हारिन ६२ मत प्राप्त गरेका थिईन भने विजयी भएकी कोषाध्यक्ष जगराना यादवले १ सय ८० मत प्राप्त गरेकी थिईन तथा सचिव पदको अर्को उम्मेदवार रिना देवी मिश्र १ सय ७ मत प्राप्त गरेका थिए भने सचिव पदमा विजयी भएको अभिमन्यु सिह १ सय ५० मत प्राप्त गरी विजयी भएका थिए ।


निर्वाचन पछि नवनिर्वाचित पदाधिकारीहरुलाई गाउँपालिकामा सपथ ग्रहण र प्रमाणपत्र प्रदान गरिएको थियो । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाह नयाँ उर्जा र जोश जाँगरका साथ काम गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गरे ।
अहिलेको कार्यसमितिमा महिलाहरुको प्रतिनिधित्व धेरै भएकोले सामुदायिक वनले महिला हकहित र शशक्तीकरणमा बढी जोड दिन आग्रह गरे । सामुदायिक वनमा हुने अनियमिता अवैध फडानी र चोरी निकासीलाई नियन्त्रण गर्दै सामाजिक कार्यमा पनि काम गर्नुपर्नेमा प्रमुख शाहले जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *