
नेपालगन्ज, १९ मंसिर – दाङको तुलसीपुरका दुई जना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ कटाहाका ४५ वर्षका एक पुरूषको गए राति मृत्यु भएको हो । उनको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको थियो ।

उनी गत मंसिर ८ गते अस्पताल भर्ना भएका थिए ।
यस्तै तुलसीपुर ५ का ८१ वर्षिय एक पुरूषको कोहलपुर मेडिकल कलेजमा गए राति मृत्यु भएको छ । उनी मंसिर १३ गते अस्पताल भर्ना भएका थिए ।
