Friday, November 20सत्यम खबर
Shadow

राप्रपाका पूर्व डुडुवा प्रमुख शर्मा रास्वपामा आबद्ध

नेपालगन्ज, ४ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) डुडुवा गाउँपालिकाको नेतृत्व गरिसकेका मदन राज शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) मा आबद्ध भएका छन् । रास्वपा बाँकेले शर्मालाई जिल्ला युवा सशक्तीकरण तथा खेलकुद विभागको उपप्रमुखको जिम्मेवारी दिएको छ ।

रास्वपा बाँकेका जिल्ला सभापति विवेककुमार श्रेष्ठले शर्मालाई उक्त पदमा नियुक्त गरेका हुन् । लामो समय राप्रपाको राजनीतिमा सक्रिय रहेका शर्मा पछिल्लो समय रास्वपामा प्रवेश गर्दै नयाँ राजनीतिक यात्रामा अघि बढेका छन् ।

शर्मा राप्रपामा रहँदा डुडुवा गाउँपालिकामा पार्टीको नेतृत्वदायी भूमिकामा थिए। उनको नेतृत्वमा अघिल्लो निर्वाचनमा डुडुवा क्षेत्रमा धवलशमशेर राणाले उल्लेख्य मत प्राप्त गरेको बताइएको छ । स्थानीय तहमा राजनीतिक प्रभाव र संगठनात्मक अनुभव भएका शर्माको रास्वपा प्रवेशलाई बाँकेमा पार्टी संगठन विस्तारका रूपमा हेरिएको छ ।

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले जिल्लामा संगठन विस्तार, विभिन्न विभाग गठन तथा जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ । अनुभवी तथा स्थानीयस्तरमा प्रभाव राख्ने व्यक्तिहरूलाई पार्टीमा जोड्ने रणनीतिअनुसार शर्मालाई विभागीय जिम्मेवारी दिइएको बताइएको छ ।

उपप्रमुख शर्माले यस महत्वपूर्ण जिम्मेवारीलाई मैले केवल एउटा पदका रूपमा नभई युवा पुस्ताको सशक्तीकरण, युवा प्रतिभाको पहिचान तथा संगठन निर्माणमा योगदान पु¥याउने महत्वपूर्ण अवसर र जिम्मेवारीका रूपमा लिएको जानकारी गराउँदै पार्टी नेतृत्वले ममाथि गर्नुभएको विश्वासलाई आत्मसात् गर्दै पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रही पुर्ण इमानदारी, निष्ठा र सक्रियताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।

शर्माको आबद्धतासँगै डुडुवा क्षेत्रमा रास्वपाको संगठन विस्तार र राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *